२०८२ जेष्ठ १५, बिहीबार २१:१२ गते
२०८२ जेष्ठ १५, बिहीबार २१:१२ गते
हेटौँडा । ५३ औं विश्व वातावरण दिवसको अवसरमा हेटौंडामा जेठ १६ गतेदेखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने भएको छ । ‘प्लास्टिक प्रदूषण नियन्त्रण गरौँ’ भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरिने टोल विकास संस्था नगर समन्वय समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । कार्यक्रमको पहिलो दिन जेठ १६ गते हेटौंडा उपमहानगरपालिकामा रक्तदान कार्यक्रम आयोजना गरिनेछ । जेठ १७ गते ‘सफा हेटौँडा अभियान’ अन्तर्गत विभिन्न टोल विकास संस्थामा बृहत सरसफाइ कार्यक्रम हुनेछ । जेठ १८ गते ‘हेटौंडाको सुन्दर वातावरण’ विषयक चित्रकला प्रतियोगिता र प्रकृति संवाद यात्रा २०८२ सञ्चालन गरिने छ । जेठ १९ गते ‘बोत्तल देउ, विरुवा लिउ’ कार्यक्रम…