मकवानपुर । महिलाहरुको १ महिने हाते कढाइ एड्भान्स तालीम सम्पन्न भएको छ । लब्ली न्यु कृएशनको आयोजना तथा हेटौंडा उपमहानगरपालिका कार्यालयको सहयोगमा भएको तालिम महिलाहरुले पूरा गरेको आयोजक संस्थाकी प्रमुख शोभा श्रेष्ठले जानकारी दिइन् ।
श्रेष्ठले सहजीकरण गरेको तालिमका सहभागीहरुलाइ कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामाले प्रमाणपत्र बितरण गरेकी थिइन् । विशेष अतिथि हेटौंडा ६ का वडाध्यक्ष विष्णु बहादुर दाहालले बजारिकरणमा सघाउने बताए । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको हलमा भएको हो ।
प्रतिकृया दिनुहोस्