जी. न्यौपाने

280 Posts
सिमलटारको पानी जम्ने ठाउँहरुमा वडाले ग्राबेल बिछ्यायो

सिमलटारको पानी जम्ने ठाउँहरुमा वडाले ग्राबेल बिछ्यायो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमलटारको पानी जम्ने ठाउँहरुमा ग्राबेल बिछ्याइएको छ । हेटौंडा ११ नम्बर वडाले करिब ७० ट्रीप ग्राबेल बिच्छ्याएको वडा सदस्य विकास नेपालले जानकारी दिए । वडाध्यक्ष जुना दाहाल र वडा सस्य विकास नेपालको सकृयता र सहयोगमा ग्राबेल ओछ्याउने काम भएको सिमलटार टोल विकास संस्थाका सहसचिव जोशन योन्जनले जानकारी दिए । वर्षाको बेलामा पानी जमेर बाटोमा पानी जम्ने र पानीले निकासा नपाएर घर– घर छिर्ने भएकोले समस्या भयो भन्ने गुनासो बढेपछि वडा सदस्य नेपालसहितको टोलीले स्थलगत निरिक्षण गरी ग्राबेल ओछ्याउने काम गरिएको वडा सदस्य नेपालले बताए ।
Read More
हेटौँडाका विपन्न दलितहरुलाई चल्ला र दाना

हेटौँडाका विपन्न दलितहरुलाई चल्ला र दाना

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित् सागरपथका विपन्न दलितहरुलाई लोटन कुखुराको चल्ला र दाना वितरण गरिएको छ । आस्रय नेपालले हेटौंडा ११ नम्बर वडाको आर्थिक सहयोगमा ४० घरधुरीका दलितहरुलाइ चल्ला र दाना वितरण गरेको हो । आस्रय नेपालकी अध्यक्ष सुनिता बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । विपन्न पिछडिएका दलितहरुलाइ आयआर्जनसंग जोडी आर्थिक सबलताको बाटोमा डोर्‍याउने उदेश्यले कार्यक्रम गरिएको संस्थाकी सचिव मनिषा विश्वकर्माले बताइन् । कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा, सागरपथ टोल विकास संस्थाका अध्यक्ष सुर्यबहादुर थिङ, सचिव बुद्धिनाथ न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । यसैगरी हेटौंडा ११ स्थित सिमलटारका विपन्न दलितहरूलाई पनि लोटन…
Read More
हेटौंडाका सुनचाँदी तथा नवरत्न व्यवसायीहरु आन्दोलित

हेटौंडाका सुनचाँदी तथा नवरत्न व्यवसायीहरु आन्दोलित

हेटौंडा । मकवानपुरका नवरत्न तथा सुनचाँदी ब्यवसायीहरुले आफ्नो ब्यवसायीक पसलहरु बन्द गरि बिरोध जनाएका छन् । नेपाल सरकारले सुनचाँदीमा २ प्रतिशत बिलासिता कर , बहुमुल्य हिरा , पत्थरमा १३ प्रतिशत बढाएको भ्याटको खारेजीको माग राख्दै नवरत्न व्यवसायी संघ नेपालले बिरोध जनाउँदै देशैभरी ब्यवसायीक कामकाजहरु ठप्प पारेका हुन् । सुनको भ्याट ६ प्रतिशत कायम राख्न , सुनको बिलासिता २ प्रतिशत कर , बहुमुल्य हिरा पत्थरमा बढाएको १३ प्रतिशत कर खारेज गरि , सुनचाँदी , हिरा , पत्थर कारोबारको लागि प्रष्ट नीति कायम गर्न माग राख्दै हामीले हाम्रो ब्यवसाय बन्द गरेका हौं , नवरत्न ब्यवसायी संघ नेपालका केन्द्रिय सचीव एबम् श्री आरके…
Read More
हेटौंडामा सेवाग्राही तातो घामको राप सहँदै बाटोमा प्रदर्शन गर्न बाध्य

हेटौंडामा सेवाग्राही तातो घामको राप सहँदै बाटोमा प्रदर्शन गर्न बाध्य

हेटौंडा । हुनत मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय होस् कि प्रदेश सभा, या होस् स्थानीय सरकार यी तिनै तहको सरकार र सम्बन्धित सरोकारवालाहरु अबको आवमा कस्तो बजेट ल्याउनी भन्ने चिन्तामा दिनप्रतिदिन छलफलमा ब्यस्त छन् , स्वभाबिक पनि हो । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीले केही समय अगाडि मुख्य मन्त्री बहादुरसिं लामालाई ५९ बुदे मागपत्र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले मार्फत र समाजवादी जिल्ला कमिटीले आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने मार्फत मागपत्र बुझाएको थियो । ति मागहरुको सम्बोधन भयोकी भएन भनेर शान्तिपुर्ण रुपले कुनैकिसिमको हुलहुज्जत नगरी ध्यानाकर्षण , धर्ना कार्यक्रम राख्दाखेरी हामिलाइ यो प्रचण्ड गर्मीमा…
Read More
हेटौंडामा कपडाको जुत्ता बनाउने तालिमको उद्घाटन

हेटौंडामा कपडाको जुत्ता बनाउने तालिमको उद्घाटन

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमलटारमा ढाका, मलमलको कपडाको जुत्ता बनाउने तालिमको उद्घाटन गरिएको छ । सिमलटार टोल विकास संस्थाको आयोजना र हेटौंडा ११ नम्बर वडाको आर्थिक सहयोगमा आयोजित ७ दिने तालिमको उद्घाटन वडाध्यक्ष जुना दाहालले गरेकी हुन् । तालिममा २० जना महिलाहरुको सहभागिता रहेको सिमलटार टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरले जानकारी दिए । तालिम उद्घाटनमा वडा सदस्य सन्जय बिडारी, तालिमका प्रशिक्षक मीना सुवेदी, वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य, सिमलटार टोविस सल्लाहकार प्रभाकर पुडासैनी, उमेश बस्नेत लगायतकाको आतिथ्यता रहेको थियो ।
Read More
हेटौँडाको अर्वान रोडको स्ल्याब ढलान शुरु

हेटौँडाको अर्वान रोडको स्ल्याब ढलान शुरु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित राप्ती रिभर साइड छेउको हेटौंडा अर्वान रोडको स्ल्याब ढलान शुरु गरिएको छ । शुभप्रभात निर्माण सेवाले ४८ लाख ८३ हजार ८ सय ८४.५ रुपैयाँ लागतमा ढलानको जिम्मा लिएको र बागमती प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालय अंतरगत यातायात पुर्वाधार निर्देशनालय बागमती प्रदेश हेटौंडाको बजेटमा रोड ढलान हुन लागेको पुर्वाधार निर्देशनालय योजना शाखाकी इन्जिनियर पुजा घिमिरेले जानकारी दिइन् । काम सम्पन्न २८ गतेसम्म गरिसक्ने योजना रहेको ठेकेदार सन्देश लामाले जानकारी दिए । ६ मिटर चौडाइ , ३ सय मीटर लम्बाईको रोड ढलान हुन लागेको हो । रोड ढलानको उदघाटन हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकी अध्यक्ष…
Read More
पहिलो सुपरफाष्ट चार्जिङ स्टेशन हेटौंडामा

पहिलो सुपरफाष्ट चार्जिङ स्टेशन हेटौंडामा

हेटौंडा । नेपाली पानीबाट उत्पादन भएको विद्युत्‌लाई अधिकतम् उपयोगका लागि पछिल्लो समय इलेक्ट्रोनिक्स सवारीहरुमा गरिने चार्जिङ स्टेशनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका छन् । नेपाली बजारमा विद्युत् उपकरण ट्रान्सर्फमर उत्पादन गर्ने उद्योगका रुपमा नाम कमाएको ॅनिक’ ले नेपालमा पहिलो पटक सञ्चालनमा ल्याएको सुपरफाष्ट चार्जिङ स्टेशनको मुख्यमन्त्री लामाले उद्घाटन गरेका हुन् । स्टेशन उद्घाटन गदै मुख्यमन्त्री लामाले पहिलो पटक नया“ढंगबाट सञ्चालनमा आएको स्टेशनलाई प्रदेशभर लैजानु जरुरी रहेको बताए । उनले वातावरण संरक्षणका लागि इलेक्ट्रोनिक चार्जिङ स्टेशन जरुरी रहेको भन्दै सेवा बिस्तारमा लाग्न सुझाव दिए । स्टेशनका कारण नेपाली बजारमा रहेको आर्थिक स्रोत यहीं रहन सहज हुने बताएका उनले नया“…
Read More
हेटौंडामा जनप्रतिनिधिहरुलाई भूमि अधिकारसम्बन्धी तालिम

हेटौंडामा जनप्रतिनिधिहरुलाई भूमि अधिकारसम्बन्धी तालिम

हेटौंडा । भुमि अधिकार मञ्च नेपाल मकवानपुरले हेटौंडा लगायत विभिन्न गाउँपालिकाका वडाध्यक्ष, वडासदस्यहरुलाई भुमि अधिकार सम्बन्धि दुईदिने तालिम प्रदान गरेको छ । जिल्ला तथा गाउँ भुमि अधिकार मञ्चको अवस्था, जग्गा प्राप्तिको प्रक्रियाको अवस्था र अवसरहरुको नक्साङ्कनबारे मसिनो ढंगले छलफल गर्न, भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई ब्यवस्थापन र जग्गा प्राप्तिका कार्यलाई नतिजामुखी बनाउन नितिगत ब्यावहारीक ज्ञान आदानप्रदान गर्न , अगुवाहरुसगको छलफलबाट जिल्ला र स्थानीय तहअनुसारको भुमी अधिकार अभियानको योजना निर्माण गर्ने उद्देश्यले तालिम गाराइएको भुमि अधिकार मन्च नेपालका केन्द्रिय सदस्य यज्ञबहादुर श्रेष्ठले जानकारी दिए । भुमी अधिकार मन्च नेपालका मकवानपुर जिल्ला कार्यवाहक अध्यक्ष जयबहादुर वाइबाको सभाध्यक्षतामा हेटौंडाको नागरिक भवनमा…
Read More
पार्टी कार्यालयमा भेदभाव र छुवाछूतबारे विचार गोष्ठी

पार्टी कार्यालयमा भेदभाव र छुवाछूतबारे विचार गोष्ठी

हेटौंडा । नेकपा एकीकृत समाजवादीले जातीय छुवाछूत र भेदभावबारे विचार विमर्श गरेको छ । कार्यक्रममा विचार राख्दै एकीकृत समाजवादी पार्टीका बागमती प्रदेश सदस्य कल्पना विश्वकर्माले छुवाछूत र बिभेदको अझै ब्यवहारीक रुपमा अन्त्य नभएको बताइन् । 'अन्तरजातीय बिवाह गरेकै निहुँमा दलितहरु मारिनु परेको घटनाले छुवाछूत र विभेद अन्त्य नभएको पुष्टि गर्छ, उनले भनिन् । दलितलाइ अहिले पनि पानीपधेरो , धारा कुवा , मन्दिर र सार्वजनिक स्थलमा समेत बिभेध गरिन्छ यस्ता प्रकारका बिकृती , बिसङ्गती हटाउन राजनीति दल लाग्नुपर्नेकुरामा जोड दिइन् । कार्यक्रममा बोल्दै पार्टीका प्रदेश सदस्य रामेस राइले समाजका मानिसको चेतना परिवर्तन नभएकोले दलित समुदायले बिभत्स घटनाको सामना गर्नु परेको बताए…
Read More
छुवाछूत अन्त्य गर्न सबै लाग्नुपर्ने, नलागे गैर दलितहरु पनि दलित बन्ने चेतावनी

छुवाछूत अन्त्य गर्न सबै लाग्नुपर्ने, नलागे गैर दलितहरु पनि दलित बन्ने चेतावनी

हेटौंडा । हेटौंडामा जातीय भेदभाव तथा छुवाछूत उन्मुलन विषयमा अन्तरक्रिया भएको छ । १९ औं जातीय भेदभाव तथा छुवाछूत मुक्त राष्ट्र घोषणा राष्ट्रिय दिवसको अवसरमा जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो । संयुक्त राजनीतिक दलित संघर्ष समिति मकवानपुरको समन्वयमा जिसस सभाहलमा भएको कार्यक्रममा दलित समुदायको समृद्धि र आत्मसम्मान सहित स्थानीय तह निर्माणमा सरोकारवालाको भूमिका बिषयमा राजनीतिक विशेषज्ञ डाक्टर बुद्धि नेपालीले प्रस्तुति दिएका थिए । कार्यक्रममा बोल्दै गैसस महासङ्घ बागमती प्रदेश काव अध्यक्ष कमलकुमार विश्वकर्माले जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न सबै नलागे गैर दलित पनि दलित हुने बताए । बागमती प्रदेशको राजधानी हेटौंडाको झ्याल - झ्यालमा १४ वटा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.