जी. न्यौपाने

280 Posts
हेटौंडाका पुडासैनीले मदत गरे ८० घरधुरीलाई ५६० वटा चल्ला

हेटौंडाका पुडासैनीले मदत गरे ८० घरधुरीलाई ५६० वटा चल्ला

हेटौंडा । हेटौंडा–११ का व्यवसायी प्रभाकर पुडासैनीले ८० घरधुरीलाई उन्नत जातको हबर्ड कुखुराको चल्ला वितरण गरेका छन् । हेटौंडा–११ स्थित सिमलटारमा अवस्थित सिमलटार युवा क्लबका अध्यक्षसमेत रहेका पुडासैनी पोल्ट्री फर्म सञ्चालक पुडासैनीले भैरवकुञ्ज, दुम्सीडा“डा र डाङडुङेका विपन्नलाई लक्षित गरी ५ सय ६० वटा चल्ला वितरण गरिएको बताए । सिमलटारको खेलमैदान निर्माण, खेलाडी उत्पादनलगायत विभिन्न सामाजिक कार्यमा सक्रियता देखाएका युवा व्यवसायी पुडासैनीले विपन्नहरुको आयआर्जनमा आफ्नो सानो लगानी होस् भन्ने उद्धेश्यले चल्ला वितरण गरिएको बताए । पुडासैनी सिमलटार टोलविकास संस्थाका सल्लाहकारसमेत हुन् ।
Read More
औँषधी व्यवसायी संघ मकवानपुरद्वारा शंकरज्योति माविलाई विविध सामग्री सहयाेग

औँषधी व्यवसायी संघ मकवानपुरद्वारा शंकरज्योति माविलाई विविध सामग्री सहयाेग

हेटौँडा । औँषधी व्यवसायी संघ मकवानपुरले स्थापना दिवसका अवसरमा हेटौँडा ११ स्थित शंकरज्योति माविलाई विविध सामग्रीहरु हस्तान्तरण गरेको छ । कार्यक्रममा संघका अध्यक्ष नारायणलाल श्रेष्ठले केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यालयलाई शैक्षिक सामग्री, डिजिटल घडी, प्राथमिक उपचार बाकस लगायतका सामग्री विद्यालयका प्रअ महेश रिजाललाई हस्तान्तरण गरिएको हो । यसैबिच औँषधी व्यवसायी संघका केन्द्रीय सदस्य कपिला जोशीले गरिब तथा जेहेन्दार विद्यार्थीलाई नगद ५ हजार ५ सय रुपैयाँ सहयोग गर्ने प्रतिवद्धत्ता जनाएकी छिन् । संघका जिल्ला अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रम अनिश सुवेदी र किसन न्यौपानेको संयोजकत्वमा भएको हो । कार्यक्रममा केन्द्रीय सदस्य जोशी, बागमती प्रदेश सदस्य संघर्ष गुरुङ,…
Read More
हेटौँडामा चेतनामूलक चलचित्र ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ प्रदर्शन

हेटौँडामा चेतनामूलक चलचित्र ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ प्रदर्शन

हेटौँडा । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजनामा आज हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा बोक्सी कु–प्रथा विरुद्धको सचेतनामूलक शिक्षामुलक राष्ट्रव्यापी कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा हेटौँडाको सहआयोजनामा भएको हो । हेटौँडा ११ को सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रको भवनमा जनचेतनामुलक चलचित्र प्रदर्शन गरिएको हो । संस्थाका कोबिदशरण उपाध्ययको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल प्रमुख आतिथ्यता,हेटौँडा ११ की वडाअध्यक्ष जुना दाहालको विशेष आतिथ्यता रहेको थियो । वि.सं. २०७१ सालमा स्थापना भएको संस्थाले जनचेतनामुलक विभिन्न कार्य गर्दै आएको छ । संस्थाले राष्ट्रिय…
Read More
हेटौंडामा ५० दिने ‘सडक मर्मत तथा सम्हार’ तालिम सम्पन्न

हेटौंडामा ५० दिने ‘सडक मर्मत तथा सम्हार’ तालिम सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उपयोगी ‘सडक मर्मत तथा सम्हार विषयक ५० दिने तालिम’ सम्पन्न भएको छ। तालिमको समापन तथा प्रमाण–पत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भएको हो। कार्यक्रम राेजगार सेवा केन्द्र हेटाै‌डा उपमहानगरपालिकाको आयोजना, सेवा प्रदायक संस्था मध्यविन्दु टेक्निकल इन्स्टिच्युट प्रा.लि. को सहकार्यमा सञ्चालन गरिएको थियो। कार्यक्रम प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक सहयोगमा भएको हो । समापन कार्यक्रममा प्रशिक्षार्थी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिमबाट पाएको ज्ञान र सीप भविष्यमा रोजगार तथा आत्मनिर्भर जीवन निर्माणमा सहयोगी हुने विश्वास व्यक्त गरे। कार्यक्रम वडा…
Read More
हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न

हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न

हेटौंडा । हेटौंडामा नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा हेटौंडामा सुरु भएको प्रतियोगिता आईतबार सम्पन्न भएको हो । प्रतियोगितामा १२ वर्ष मुनिका महिला, पुरुष तथा १२ वर्ष माथिका महिला,पुरुष सहभागी भएका थिए । जस अन्तर्गत पुरुषतर्फ १२ वर्ष मुनि डिकन महतरा प्रथम, आयुस स्याङ्ग्तान द्धितिय भएका छन् । त्यस्तै १२ वर्ष माथि बज्र दोङ प्रथम, सुनिल लामा द्धितिय र आयुश रुम्बा तृतीय भएका छन् । महीला तर्फ १२ वर्ष मुनि सुरक्षा प्रधान प्रथम, कल्पना राई द्धितीय, समिस्ता प्रधान तृतीय भएका छन् । १२ वर्ष माथी मुस्कान मगर प्रथम, नायना शाक्य…
Read More
माओवादी केन्द्र हेटौँडा ११ वडा सचिवमा गोले

माओवादी केन्द्र हेटौँडा ११ वडा सचिवमा गोले

हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा समितिको सचिव पदमा छेगु गोले सर्वसम्मत चयन भएका छन् । वडा समितिको बैठकले गोलेलाई सचिव पदमा चयन गरेको पार्टी वडा समितिले जनाएको छ । पार्टी को भातृ सङ्गठनको विभिन्न पदमा रहिआएका गोले विभिन्न किसान समुहमा आवद्ध हुँदै , सिमलटार युवा क्लबका अध्यक्ष , सिमलटा टोल विकास संस्थाका सदस्य समेत रहिसकेका र हाल सिमलटार टोल विकास संस्थाको उपाध्यक्ष पदमा निर्वाचित भै कार्यरत छन् ।
Read More
हेटौंडा ११ मा अर्वान रोडको स्ल्याब ढलान सम्पन्न

हेटौंडा ११ मा अर्वान रोडको स्ल्याब ढलान सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित राप्ती रिभर साइड छेउको हेटौंडा अर्वान रोडको स्ल्याब ढलान सम्पन्न भएको छ । शुभप्रभात निर्माण सेवाले ४८ लाख ८३ हजार ८ सय ८४.५ रुपैयाँ लागतमा ढलानको जिम्मा लिएको र बागमती प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालय अंतरगत यातायात पुर्वाधार निर्देशनालय बागमती प्रदेश हेटौंडाको बजेटमा रोड ढलान भएको इन्जिनियर पुजा घिमिरेले जानकारी दिइन् । जेठ २८ गते सम्पन्न हुने भनिएको ढलान प्राविधिक कारणले अलि ढिलो सम्पन्न भएकाे निर्माण कम्पनीका ठेकेदार सन्देश लामाले जानकारी दिए । ६ मिटर चौडाइ , ३ सय मीटर लम्बाई को रोड ढलान भएको यातायात पुर्वाधार निर्देशनालयका योजना शाखाकी इन्जिनियर घिमिरेले बताइन्…
Read More
खेलाडीको मनोबल बढाउँदै हेटाैँडा ११ काे सागरपथ

खेलाडीको मनोबल बढाउँदै हेटाैँडा ११ काे सागरपथ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सागरपथ टोल विकास संस्थाले खेलाडीको मनोबल बढाउने उदेश्यले सिमलटार युवा क्लबलाई खेलकुद सामाग्री बितरण गरेको छ । सागरपथ टोल विकास संस्थाका अध्यक्ष सुर्यबहादुर थिङ्गले सिमलटारको खेलमैदानमा पुगी क्लबका अध्यक्ष प्रभाकर पुडासैनीलाई फुटबल लगायत खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् । खेल मैदान निर्माण पस्चात जिल्ला लिग समेत खेलाइ सकिएको खेलमैदानमा खेलाडीले राम्रो खेल अभ्यास गर्न पाएको र सानाठुला गरि सयभन्दा बढी खेलाडी सङ्ख्या रहेको अध्यक्ष पुडासैनीले बताए । पुडासैनीका अनुसार सिमलटार युथ क्लबले मेयरकप फुटबल ५ सिरिज खेलेको र एक सिरिजमा प्रथम स्थान समेत हासिल गरेको थियो । क्लबले वडाध्यक्ष कप प्रतेक वर्ष खेलाउने…
Read More
हेटौँडाका पुडासैनीद्वारा कुखुराको चल्ला वितरण

हेटौँडाका पुडासैनीद्वारा कुखुराको चल्ला वितरण

हेटौंडा । हेटौंडा ११ का व्यवसायी प्रभाकर पुडासैनीले १२० घरधुरीलाई उन्नत जातको हबर्ड कुखुराको चल्ला वितरण गरेका छन् । हेटौंडा ११ स्थित सिमलटारमा अवस्थित सिमलटार युवा क्लबका अध्यक्ष समेत रहेका ‘पुडासैनी पोल्ट्री फर्म’का संचालक पुडासैनीले सिमलटार सहयोगी समाजमाआवद्ध सदस्यहरुलाई लक्षितगरि चल्ला वितरण गरेको बताए । सिमलटारको खेल मैदान निर्माण, खेलाडी उत्पादन लगायत विभिन्न सामाजिक कार्यमा सक्रियता देखाएका युवा व्यवसायी पुडासैनीले विपन्नहरुको आयअर्जनमा आफ्नो सानो लगानी होस् भन्ने उद्देश्यले चल्ला वितरण गरेको बताए । पुडासैनी सिमलटार टोल विकास संस्था का सल्लाहकार समेत हुन् ।
Read More
सिमलटारमा जुत्ता बनाउने तालिम समापन

सिमलटारमा जुत्ता बनाउने तालिम समापन

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित सिमलटारमा संचालित ७ दिने जुत्ता बनाउने तालिमको समापान गरिएको छ । सिमलटार टोल विकास संस्थाको आयोजना र हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको आर्थिक सहयोगमा ढाका, मलमलको कपडाबाट जुत्ता बनाउने तालिम दिइएको थियो । तालिममा सिमलटारका २० जना महिलाहरुको सहभागिता रहेको थियो । सिमलटार टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथी वडाध्यक्ष जुना दाहालले तालिममा सहभागीहरुलाइ प्रमाणपत्र वितरण गरेकी थिइन् । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले सीप सिकेर मात्र यत्तिकै नछाड्ने , सिपलाइ पेशामा रूपान्तरण गरे मात्र आयआर्जन हुने भन्दै जानेको सिपलाइ जिवनयापनसँग जोड्न सुझाव दिइन्…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.