हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सागरपथ टोल विकास संस्थाले खेलाडीको मनोबल बढाउने उदेश्यले सिमलटार युवा क्लबलाई खेलकुद सामाग्री बितरण गरेको छ ।
सागरपथ टोल विकास संस्थाका अध्यक्ष सुर्यबहादुर थिङ्गले सिमलटारको खेलमैदानमा पुगी क्लबका अध्यक्ष प्रभाकर पुडासैनीलाई फुटबल लगायत खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् ।

खेल मैदान निर्माण पस्चात जिल्ला लिग समेत खेलाइ सकिएको खेलमैदानमा खेलाडीले राम्रो खेल अभ्यास गर्न पाएको र सानाठुला गरि सयभन्दा बढी खेलाडी सङ्ख्या रहेको अध्यक्ष पुडासैनीले बताए । पुडासैनीका अनुसार सिमलटार युथ क्लबले मेयरकप फुटबल ५ सिरिज खेलेको र एक सिरिजमा प्रथम स्थान समेत हासिल गरेको थियो । क्लबले वडाध्यक्ष कप प्रतेक वर्ष खेलाउने गरेको छ ।
खेलाडीलाई हौसला दिएर मनोबल बढाउन सके खेलाडी उत्पदन सजिलै हुनसक्ने र खेलकुदमा सरकारले लगानी बढाउनसके खेलाडीले जिविकोपार्जनको लागि अर्को काम गर्न नपर्ने नेपाल स्पोर्ट्स सेन्टर (नेकोस) का केन्द्रिय सदस्य समेत रहेका सागरपथ टोल बिकास संस्थाका अध्यक्ष थिङ्गले बताए । खेलकुद सामाग्री बितरण कार्यक्रममा हेटौंडा ११ नम्बर वडाका वडासदस्य बिकास नेपाल , सिमलटार टोलबिकास संस्थाका निवर्तमान अध्यक्ष सुर्यमान लामा लगायतको आतिथ्यता रहेको थियो ।

























