छुवाछूत अन्त्य गर्न सबै लाग्नुपर्ने, नलागे गैर दलितहरु पनि दलित बन्ने चेतावनी

हेटौंडा । हेटौंडामा जातीय भेदभाव तथा छुवाछूत उन्मुलन विषयमा अन्तरक्रिया भएको छ । १९ औं जातीय भेदभाव तथा छुवाछूत मुक्त राष्ट्र घोषणा राष्ट्रिय दिवसको अवसरमा जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति मकवानपुरको समन्वयमा जिसस सभाहलमा भएको कार्यक्रममा दलित समुदायको समृद्धि र आत्मसम्मान सहित स्थानीय तह निर्माणमा सरोकारवालाको भूमिका बिषयमा राजनीतिक विशेषज्ञ डाक्टर बुद्धि नेपालीले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा बोल्दै गैसस महासङ्घ बागमती प्रदेश काव अध्यक्ष कमलकुमार विश्वकर्माले जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न सबै नलागे गैर दलित पनि दलित हुने बताए । बागमती प्रदेशको राजधानी हेटौंडाको झ्याल – झ्यालमा १४ वटा मन्त्रालय छन् कुनै मन्त्रालयमा पनि दलितको बिषयमा हेर्ने शाखा नभएको भन्दै दुखेसो ब्यक्त गरे । उनले भने, विभेद र छुवाछूत कागजमा सिमित भयो तर ब्यवहारमा अझै लागू भएको छैन । अन्तरक्रियामा बोल्दै मकवानपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलले सेवा प्रवाहमा कुनै विभेद नगरेको र नगर्ने बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी स्यामु अर्यालले जातीय बिभेदको मुद्दामा कडाइका साथहेर्ने गरेको र जिप्रकामा यो मुद्दा हेर्ने छुट्टै शाखा रहेको र शाखामा दलित समुदायबाटनै ब्यक्ति खटाएको जानकारी दिए । कार्यक्रमका सभाध्यक्ष समेत रहेका जिसस प्रमुख ललितबहादुर घलानले जातिय विभेद र छुवाछूत संविधानमा उन्मुलन भनेर लेखेपछी त्यसलाई सबैले स्वीकार गर्दै त्यसको पालना गर्नुपर्ने बताए ।

कार्यक्रममा जिसस समन्वय अधिकारी शान्ती बिश्वकर्मा , नेकपा एकीकृत समाजवादीका बागमति प्रदेश सदस्य कल्पना बिश्वकर्मा , नेकपा एमालेका जिल्ला सचीव सीता बिष्ट , नेपाली काङ्ग्रेस पार्टीका जिल्ला सदस्य गोपिलाल बिश्वकर्मा , गैसस महासङ्घका जिल्ला अध्यक्ष रमिला सापकोटा , दलित अधिकारकर्मी जङ्गबहादुर बिश्वकर्मा लगायत सरोकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.