२०८२ जेष्ठ २२, बिहीबार २१:२२ गते
२०८२ जेष्ठ २२, बिहीबार २१:२२ गते
हेटौंडा । “प्लाष्टिकमुक्त हेटौंडा, हरियालीयुक्त नगर” भन्ने नाराका साथ हेटौंडा उपमहानगरपालिकामा विश्व वातावरण दिवस–२०८२ सप्ताहव्यापी विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा भएको यस सचेतनामूलक अभियानमा नगरवासी, विभिन्न संघसंस्था, विद्यालय, सामाजिक अगुवा र जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमको समापन वागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न भयो। मन्त्री सिलवालले प्लाष्टिकजन्य प्रदूषण नियन्त्रणका लागि प्रदेश सरकारले अवलम्बन गरिरहेका नीतिहरूको कार्यान्वयनमा नागरिक सहभागिता अपरिहार्य रहेको बताउँदै यस्ता अभियानले जनचेतना विस्तारमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। हेटौंडा उपमहानगर प्रमुख मिना कुमारी लामाले वातावरण संरक्षणमा स्थानीय सरकारको प्रतिबद्धता दोहोर्याउँदै समुदाय, विद्यालय र युवाहरूको…