“प्लाष्टिकमुक्त हेटौंडा” अभियानमा उत्साहपूर्ण सामुदायिक सहभागिता

हेटौंडा । “प्लाष्टिकमुक्त हेटौंडा, हरियालीयुक्त नगर” भन्ने नाराका साथ हेटौंडा उपमहानगरपालिकामा विश्व वातावरण दिवस–२०८२ सप्ताहव्यापी विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा भएको यस सचेतनामूलक अभियानमा नगरवासी, विभिन्न संघसंस्था, विद्यालय, सामाजिक अगुवा र जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रमको समापन वागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न भयो। मन्त्री सिलवालले प्लाष्टिकजन्य प्रदूषण नियन्त्रणका लागि प्रदेश सरकारले अवलम्बन गरिरहेका नीतिहरूको कार्यान्वयनमा नागरिक सहभागिता अपरिहार्य रहेको बताउँदै यस्ता अभियानले जनचेतना विस्तारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

हेटौंडा उपमहानगर प्रमुख मिना कुमारी लामाले वातावरण संरक्षणमा स्थानीय सरकारको प्रतिबद्धता दोहोर्याउँदै समुदाय, विद्यालय र युवाहरूको सक्रियता प्रशंसायोग्य रहेको बताइन्। कार्यक्रमको अध्यक्षता गरेका नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले २०८२ भित्र हेटौंडालाई प्लाष्टिकमुक्त बनाउन सबैको निरन्तर सहभागिता आवश्यक रहेको बताए।

समारोहमा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितकुमार घलान, नगर उपप्रमुख राजेश बानिया, विभिन्न वडा अध्यक्षहरू तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत ‘हेटौंडाको सुन्दर वातावरण’ चित्रकला, ‘यदि म मेयर भए’ भिडियो प्रस्तुति, पुनःप्रयोग सामग्री, र्याली, तथा सांस्कृतिक प्रस्तुति जस्ता विविध प्रतियोगिताहरू आयोजना गरिए। सहभागी संस्थाहरू तथा व्यक्तिगत योगदानकर्ताहरूलाई नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको थियो।

प्रमुख पुरस्कार विजेता सूची यस प्रकार छ:

टोल विकास संस्थातर्फ र्याली

प्रथम: कालिकामाई टोल विकास संस्था – रु. २०,०००

द्वितीय: मनकामना ‘ख’ टोल – रु. १५,०००

तृतीय: विकास टोल (हेटौंडा–८) – रु. १०,०००

सान्त्वना: सिमलटार (हेटौंडा–११), तपोवन (हेटौंडा–१९) – रु. ५,०००–५,०००

विद्यालय र्याली

प्रथम: सिद्धार्थ मा.वि. – रु. १५,०००

द्वितीय: आधुनिक राष्ट्रिय मा.वि. – रु. १०,०००

तृतीय: लक्ष्मी आधारभूत विद्यालय – रु. ७,५००

सान्त्वना: भुटनदेवी र ज्ञानदा मा.वि. – रु. ५,०००–५,०००

चित्रकला प्रतियोगिता

प्रथम: आरोही राउत (जिएस निकेतन)

द्वितीय: दियाना उप्रेती (तासिर बोर्डिङ)

तृतीय: प्रवेश श्रेष्ठ (ब्रम्हदिक एकेडेमी)

भिडियो प्रस्तुति

प्रथम: इतिश अधिकारी (नवोदय बोर्डिङ)

द्वितीय: आकांक्षा निरौला (जिएस निकेतन)

तृतीय: आशि बनियाँ

पुनःप्रयोग सामग्री प्रतियोगिता

प्रथम: नवोदय शिशु सदन – रु. १०,०००

द्वितीय: आधुनिक राष्ट्रिय मा.वि. – रु. ७,५००

तृतीय: भुटनदेवी मा.वि. – रु. ५,०००

समारोहमा विशेष सांस्कृतिक प्रस्तुति दिएका ओम रुद्रश्वर भजन मण्डली, स्वर्गद्वारी महिला पञ्चेबाजा समूह र नेवा: सांस्कृतिक पुचलाई पनि सम्मानित गरियो।

सप्ताहव्यापी कार्यक्रमले हेटौंडा नगरवासीहरूमा वातावरणीय चेतना फैलाउने, सहकार्यलाई प्रवर्द्धन गर्ने र हरित नगर निर्माणमा ठोस कदम अघि बढाउने विश्वास सबल बनाएको छ। सहभागी सबैले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम निरन्तर चलाइराख्नुपर्ने धारणा राखेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.