हेटौंडा । नेकपा एकीकृत समाजवादीले जातीय छुवाछूत र भेदभावबारे विचार विमर्श गरेको छ ।
कार्यक्रममा विचार राख्दै एकीकृत समाजवादी पार्टीका बागमती प्रदेश सदस्य कल्पना विश्वकर्माले छुवाछूत र बिभेदको अझै ब्यवहारीक रुपमा अन्त्य नभएको बताइन् । ‘अन्तरजातीय बिवाह गरेकै निहुँमा दलितहरु मारिनु परेको घटनाले छुवाछूत र विभेद अन्त्य नभएको पुष्टि गर्छ, उनले भनिन् । दलितलाइ अहिले पनि पानीपधेरो , धारा कुवा , मन्दिर र सार्वजनिक स्थलमा समेत बिभेध गरिन्छ यस्ता प्रकारका बिकृती , बिसङ्गती हटाउन राजनीति दल लाग्नुपर्नेकुरामा जोड दिइन् ।
कार्यक्रममा बोल्दै पार्टीका प्रदेश सदस्य रामेस राइले समाजका मानिसको चेतना परिवर्तन नभएकोले दलित समुदायले बिभत्स घटनाको सामना गर्नु परेको बताए । उनले भने–’गाउँ – गाउँमा विभेद छ यस्ता कुराको अन्त्य हुन जरुरी छ ।’
कार्यक्रमका प्रमुख अतिथी पार्टीका केन्द्रिय सल्लाहकार यादव गजुरेलले कुनैपनि विभेद ठिक नभएको बताए । धर्म , जाति , वर्ण , उच , निच केहीका नाममा विभेद कसैले कसैलाई गर्नु अपराध हो , त्यो संविधान , कानुन बिपरित छ गजुरेलले भने ।
पार्टी उपाध्यक्ष धुर्ब भुजेलको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला सचीव किशोर बर्तौला लगायतका नेताहरुले बोलेका थिए । कार्यक्रममा पार्टी नगर अध्यक्ष बिष्णुमाया लामा , आदिवासीजनजाति महासङ का जिल्ला अध्यक्ष सुर्यबहादुर थिङ लगायत नेताहरुको उपस्तिथि रहेको थियो ।