हेटौँडा ११ मा किशोर किशोरीलाई आधारभूत स्वास्थ्यबारे सचेतना

हेटौंडा । हेटौंडा ११ नम्बर वडास्थित श्री आनन्द भैरव सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ६–७ र ८ का विद्यार्थीहरुलाई सेनिटरी प्याडको महत्व, प्रयोग र डिस्पोजबारे सचेतना गराईएको छ ।

विद्यार्थीहरुलाई कस्तो प्याड प्रयोग गर्ने, कस्तो नगर्ने, गलत प्याडको प्रयोगले के समस्या हुन्छ र प्रयोग गरेको प्याड कहाँ फाल्ने लगायतका विविध विषयका बारेमा र अन्य स्वास्थ्य सम्बन्धि विषयहरुमा सिकार्इएको हेटौंडा ११ कि नवलपुर आधारभूत स्वास्थ्य केन्द्र प्रमुख जनस्वास्थ्य निरीक्षक मिना कुमारीले जानकारी दिइन् ।

विद्यालयका ६० जना विद्यार्थी सहभागी रहेको उक्त एक दिवसीय सचेतना कार्यक्रममा जनस्वास्थ्य निरीक्षक मिना कुमारीले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनाल लगायत शिक्षकशिक्षिका, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालयमा १३० जना छात्र ( छात्रा अध्यनरत छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.