जी. न्यौपाने

280 Posts
नमूना प्रगतिको २५ औं साधारण सभा सप्पन्न

नमूना प्रगतिको २५ औं साधारण सभा सप्पन्न

हेटौंडा । नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष मिठाराम दाहालको सभाध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बागमती प्रदेश सभा सदस्य तथा सहकारी उपाध्यक्ष एकालाल श्रेष्ठ , सहकारीका सल्लाहकार तथा सहकारी नेता बद्री लम्साल , नारायणप्रसाद देवकोटा , सूर्य चन्द्र न्यौपाने , बिदुर हुमागाइ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारीका उपाध्यक्ष एकालाल श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने अध्यक्ष दाहालले वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष केशवप्रसाद देवकोटा आर्थिक प्रतिवेदन , सदस्य शिवराज पराजुलीले सहकारी बारे जानकारीमुलक प्रस्तुति दिएका थिए । कार्यक्रममा सहकारी सचीव रामजी…
Read More
ग्रीण्डलेजको १६ औं वार्षिक साधारण सभा सम्पन्न, ॠषिकुमार ढकालको अध्यक्षतामा नयाँ समिति चयन

ग्रीण्डलेजको १६ औं वार्षिक साधारण सभा सम्पन्न, ॠषिकुमार ढकालको अध्यक्षतामा नयाँ समिति चयन

हेटौंडा । ग्रीण्डलेज वचत तथा ॠण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ग्रीण्डलेजका अध्यक्ष महेन्द्र इटेनीको सभाध्यक्षतामा भएको साधारण सभाले ४ वर्षेकार्यकालको लागि नयाँ समिती समेत चयन गरेको सहकारीका ब्यवस्थापक शंकर कुवरले जानकारी दिए । कुवरका अनुसार सभाको सर्बसहमतिबाट नयाँ संचालक समिति , लेखा समिति चयन गरिएको हो । सभाले ॠषिकुमार ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको हो । ढकालको अध्यक्षतामा बनेको कार्य समितिमा उपाध्यक्षमा दुर्गादेवी दास , सचीवमा कृष्णहरि पौडेल , कोषाध्यक्षमा मनिषा घले गुरुङ चयन भएका छन् । यस्तै सदस्य पदमा सुदेशकुमार श्रेष्ठ , आत्माराम ढकाल , उषा ढुङ्गेल , सुमित्रा हुमागाइ ,…
Read More
नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी नेपाली कम्युनिस्ट पार्टीमा समाहित

नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी नेपाली कम्युनिस्ट पार्टीमा समाहित

हेटौंडा । नेकपा (एकीकृत समाजवादी) मकवानपुर नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । नेकपा ( एकीकृत समाजवादी ) का का . व . अध्यक्ष धुर्वबहादुर भुजेलको सभाध्यक्षतामा हेटौंडामा बसेको बैठकले नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय पारित गरेको हो । पार्टीका केन्द्रिय तथा पोलिटब्युरो सदस्य संघिय सरकार पुर्व स्वास्थ्यमन्त्री बिरोध खतिवडाले पार्टी एकिकरणमा सबैको भलाइ रहेको बताए । उनले नेकपा एमालेबाट अलग हुनको कारण ओलीको हठको कारण भएको बताउदै उनकै कारणले देश अहिले बिसम परिस्थितिबाट गुज्रिएको बताए । कार्यक्रमका प्रमुख अथिती समेत रहेका खतिवडाले एक्लै हिडेर समयमै गन्तव्यमा पुग्न नसकिने भएकोले कम्युनिस्ट पार्टीहरुको एकतामा नेपाली कम्युनिस्ट पार्टीको उदय भएको उल्लेख…
Read More
थानाभर्याङको ३ हजार घरधुरीमा खानेपानीको लाइन बिस्तार हुँदै, खानेपानीको ट्याङ्की निर्माण सम्पन्न

थानाभर्याङको ३ हजार घरधुरीमा खानेपानीको लाइन बिस्तार हुँदै, खानेपानीको ट्याङ्की निर्माण सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडाको थानाभर्याङ्मामा खाने पानीको लाइन बिस्तार बिगत केही महीनादेखि हुँदै आएको छ । पानीको पाइप कतिठाउमा बिछ्याइसकिएको छ भने कति ठाउँमा बिछ्याउन बाकी छ हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डका इन्जिनियर बिपिनराज वाग्लेले बताए । खानेपानीको ओभर हेड ट्याङ्कीको भने निर्माण सम्पन्न भैसकेको छ । ओमसाइ निर्माण सेवाको ठेक्कामा निर्माण भएको ट्याङ्कीको क्षमता ४ लाख ५० हजार लीटरको रहेको छ । हेटौंडा ११ सिमलटारमा निर्मित ट्याङ्कीको निर्माण लागत १ करोड ८७ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको इन्जिनियर वाग्लेले जानकारी दिए । बागमती प्रदेश सरकार खानेपानी उर्जा तथा सिंचाइ मन्त्रालय अन्तरगत खानेपानी तथा…
Read More
नागरिक समाजमाथिको अविश्वास लोकतन्त्रमाथिको प्रहार : गैरसरकारी संस्था महासङ्घ नेपाल

नागरिक समाजमाथिको अविश्वास लोकतन्त्रमाथिको प्रहार : गैरसरकारी संस्था महासङ्घ नेपाल

हेटौँडा । हाल देशमा नागरिक समाज र गैरसरकारी संस्थामाथि भइरहेका हल्ला, आरोप र अविश्वासका गतिविधिप्रति गैरसरकारी संस्था महासङ्घ नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ। महासङ्घले यस्तो नियोजित अविश्वास र लाञ्छना लोकतन्त्र, संविधान र मानव अधिकारमाथिको आक्रमण भएको ठहर गरेको छ। महासङ्घका महासचिव देवी खड्का र अध्यक्ष अर्जुन भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाली नागरिक समाजले खेलेको ऐतिहासिक भूमिकाको अवमूल्यन अस्वीकार्य छ। गैरसरकारी संस्थाहरू राज्यका विपक्षी होइनन्, बरु राज्यका नीतिलाई कार्यान्वयनमा सहयोग गर्ने साझेदार हुन्।” विज्ञप्तिमा हालैको जेन्जी आन्दोलनपछि केही राजनीतिक वृत्त र सञ्चार माध्यमहरूबाट नागरिक समाजमाथि गरिएको टिप्पणीले संविधानले प्रत्याभूत गरेका अधिकारहरू कमजोर पार्ने खतरा रहेको उल्लेख गरिएको छ। महासङ्घले…
Read More
हेटौंडा ११ का बालबालिकालाई भिटामिन ए र जूकाको औँषधि खुवाइयो

हेटौंडा ११ का बालबालिकालाई भिटामिन ए र जूकाको औँषधि खुवाइयो

हेटौंडा । हेटौंडा ११ का बालबालिकाहरुलाइ भिटामिन ए र जूकाको दवाइ खुवाइएको छ । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडाका ६ महिना पूरा भएको र ५ वर्ष ननाघेको बालबालिकाहरुलाइ जूकाको दवाइ र भिटामिन ए खुवाइएको हो । कार्तिक २० गते बिहिवार देखि कार्तिक २१ गते शुक्रबार सम्म हेटौंडा ११ को सिमलटार टोलविकास संस्था , बिपन्न वचत तथा ॠण सहकारी संस्था लिमिटेडको भवन , त्रिभुवन मावि ( नवलपुर ) अगाडि , सहिद स्मारक , सरस्वतीको प्रतीक्षालय , नवलपुर आधारभूत शहरी स्वास्थ्य कार्यालय , दुइवस्ती खानेपानीको भवन र सरस्वतीको सिटिइभिटी अगाडि स्वास्थ्य स्वयं सेविकाहरुद्वारा जूकाको दवाइ र भिटामिन ए खुवाइएको आमा समुहकी…
Read More
शनिबारदेखि हट्यो सामुन्द्रिक आँधीको प्रभाव,घाम लाग्यो चारैतिर

शनिबारदेखि हट्यो सामुन्द्रिक आँधीको प्रभाव,घाम लाग्यो चारैतिर

हेटौंडा / मोन्था चक्रवात (सामुन्द्रिक आँधी)को प्रभाव शनिबारदेखि हटेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार बिहानैदेखी हल्का वर्षा भएतापनी दिनमा भने वर्षा भएन । आइतबारदेखि भने हेटौंडामा झलमल घाम लागेको छ । अचानक मनसुन मा आएको परिवर्तनले २ दिनभने अस्तब्यस्त बनायो , सवारी साधन , हवाइमार्गमा समेत रोक लगाइएको थियो । आइतबारदेखि भने हेटौंडाको जनजीवन सामान्य बनेको छ । जलवायु पुर्वानुमान महाशाखाका अनुसार केही उच्च पहाडी भेगमा हिउँ पर्ने भएतापनी अन्यत्र भने मौसम सफा रहने छ । आकाशमा केहि बादल देखिएतापनी मौसम सफा रहने जनाइएको छ । बङ्गालको खाडीबाट बिकसित भएको मोन्था चक्रवात (सामुन्द्रिक आँधी) मङ्गलबार भारतको आन्द्रा प्रदेशमा…
Read More
हेटौंडामा खेलाडी र प्रशिक्षक सम्मानित

हेटौंडामा खेलाडी र प्रशिक्षक सम्मानित

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार एक विशेष कार्यक्रममा खेलकुद क्षेत्रका २ खेलाडी र १ प्रशिक्षकलाई सम्मान गरिएको छ। मकवानपुर जिल्ला खेलकुद विकास समिति र मकवानपुर फुटबल संघ (एन्फा) को संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा खेलकुद क्षेत्रका प्रतिभाशाली व्यक्तित्वहरूलाई सम्मानपत्र, दोसल्ला र खादा ओढाएर सम्मान गरिएको हो। कार्यक्रम हेटौंडा–४ स्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा सम्पन्न भएको थियो। सम्मानित हुनेहरूमा २०२५ मा अजरबैजानको बाकु शहरमा सम्पन्न इन्टरनेशनल बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक र किक बक्सिङमा रजत पदक विजेता हेटौंडा–१८ का सुदर्शन खतिवडा, स्पेनमा उत्कृष्ट अन्तर्राष्ट्रिय कराते प्रशिक्षकका रूपमा स्थापित मनहरी गाउँपालिका–३ का अशोक लामा, र स्पेनस्थित सिडी इन्टरनेशनल…
Read More
मोन्था चक्रवात सामुन्द्रिक आँधीको प्रभाव हेटौंडामा पनि

मोन्था चक्रवात सामुन्द्रिक आँधीको प्रभाव हेटौंडामा पनि

हेटौंडा । मोन्था चक्रवात सामुन्द्रिक आँधीको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा पनि परेको छ । बङ्गालको खाडीमा विकसित मोन्था चक्रवात मङ्गलबार भारतको आन्द्रप्रदेशमा सरेको संचारमाध्यमहरुले जनाएको छ । भारतको बङ्गालहुदै नेपाल प्रवेश गरेको मोन्थाले केहि प्रदेश लुम्बिनी, बागमती, गण्डकी, मधेस प्रदेश, कोशी प्रदेश, कर्णालीमा कतै भारी वर्षा हुने, कतै भारी हिमपात हुने, कतै मध्यम हिमपात हुने जनाइएको छ । संचार माध्यमले जनाए अनुसार समुद्री आँधी २ सयदेखि ३ सय किलोमीटरको रेडियस बनाएर घुम्छ र यो शक्तिशाली हुन्छ । मौसम पुर्वानुमान महाशाखाले मोन्थाको प्रभाव नेपालमा शनिबारसम्म रहने भएकोले अति आवश्यक कामबाहेक २ दिनसम्म घरबाट बाहिर यात्रा नगर्न आग्रह गरेको छ ।…
Read More
राष्ट्रिय भुमि अधिकार मंच मकवानपुरमा थोकर

राष्ट्रिय भुमि अधिकार मंच मकवानपुरमा थोकर

हेटौंडा । राष्ट्रिय भुमि अधिकार मन्चको मकवानपुर अध्यक्षमा देवकृष्ण थोकर चयन भएका छन् । थोकरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ । जिल्लाका कार्यवाहक अध्यक्ष जयबहादुर वाइबाको सभाध्यक्षतामा हेटौंडाको सिमलटारमा भएको भेलाले नयाँ कार्यसमिति निर्माण गरेको हो । मन्चका केन्द्रिय सदस्य यज्ञबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । समितिको उपाध्यक्षमा सुर्यबहादुर सापकोटा, सचीव मा सोमलाल गोले, सहसचिवमा लक्ष्मण निरौला, कोषाध्यक्षमा ठुलीमाया मुक्तान चयन भएका छन् ।यसैगरी सदस्यमा सरिता पराजुली, भुमलसिङ घलान, कमल थिङ, बुद्धराज गिरी, बिकास तितुङ्ग, सुश्मा भोलन, रुक्मणी तिमल्सिना, सारदा शर्मा चयन भएका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.