नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी नेपाली कम्युनिस्ट पार्टीमा समाहित

हेटौंडा । नेकपा (एकीकृत समाजवादी) मकवानपुर नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । नेकपा ( एकीकृत समाजवादी ) का का . व . अध्यक्ष धुर्वबहादुर भुजेलको सभाध्यक्षतामा हेटौंडामा बसेको बैठकले नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय पारित गरेको हो ।

पार्टीका केन्द्रिय तथा पोलिटब्युरो सदस्य संघिय सरकार पुर्व स्वास्थ्यमन्त्री बिरोध खतिवडाले पार्टी एकिकरणमा सबैको भलाइ रहेको बताए । उनले नेकपा एमालेबाट अलग हुनको कारण ओलीको हठको कारण भएको बताउदै उनकै कारणले देश अहिले बिसम परिस्थितिबाट गुज्रिएको बताए । कार्यक्रमका प्रमुख अथिती समेत रहेका खतिवडाले एक्लै हिडेर समयमै गन्तव्यमा पुग्न नसकिने भएकोले कम्युनिस्ट पार्टीहरुको एकतामा नेपाली कम्युनिस्ट पार्टीको उदय भएको उल्लेख गर्दै चुनौती र अवसर ठुलो पार्टीमा हुने बताए ।

यसैगरी पार्टीकि केन्द्रिय तथा पोलिट्ब्युरो सदस्य , अनेम संघ समाजवादीकी केन्द्रिय अध्यक्ष मुनु सिग्देलले अबको बाम एकताले देशमा नयाँ परिवर्तन ल्याउने बताइन् । यसैगरी पोलिट्ब्युरो सदस्य घनप्रसाद गौतम , सल्लाहकार समितिका केन्द्रिय सदस्य यादव गजुरेल , पार्टी केन्द्रिय सदस्य रामचन्द्र बल , दलित जनजाती निर्वाचन आयोगका केन्द्रिय सदस्य गौतमबुद्ध लामा , अनेरास्ववियु समाजवादीका केन्द्रिय उपाध्यक्ष किशोर टन्डन लगयत पार्टीका प्रदेश , जिल्ला , नगरका नेता तथा कार्यकर्ताहरुले पार्टी एकतालाई खुलेर स्वागत गरेका थिए ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.