हेटौंडा । ग्रीण्डलेज वचत तथा ॠण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ग्रीण्डलेजका अध्यक्ष महेन्द्र इटेनीको सभाध्यक्षतामा भएको साधारण सभाले ४ वर्षेकार्यकालको लागि नयाँ समिती समेत चयन गरेको सहकारीका ब्यवस्थापक शंकर कुवरले जानकारी दिए ।
कुवरका अनुसार सभाको सर्बसहमतिबाट नयाँ संचालक समिति , लेखा समिति चयन गरिएको हो । सभाले ॠषिकुमार ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको हो । ढकालको अध्यक्षतामा बनेको कार्य समितिमा उपाध्यक्षमा दुर्गादेवी दास , सचीवमा कृष्णहरि पौडेल , कोषाध्यक्षमा मनिषा घले गुरुङ चयन भएका छन् । यस्तै सदस्य पदमा सुदेशकुमार श्रेष्ठ , आत्माराम ढकाल , उषा ढुङ्गेल , सुमित्रा हुमागाइ , सन्दीपकुमार सापकोटा चयन भएका छन् ।
यसैगरी लेखा समितिको संयोजकमा सागर सापकोटा , सदस्यमा नरेन्द्र अधिकारी , पार्वती आचार्य चयन भएका छन् । कार्यक्रममा सहकारीका उपाध्यक्ष जानुकादेवी कडेल , सल्लाहकार सत्यनारायण सिलवाल , नारायणप्रसाद कडेल लगायतको आतिथ्यता रहेको थियो ।






























