हेटौंडा । हेटौंडा ११ का बालबालिकाहरुलाइ भिटामिन ए र जूकाको दवाइ खुवाइएको छ । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडाका ६ महिना पूरा भएको र ५ वर्ष ननाघेको बालबालिकाहरुलाइ जूकाको दवाइ र भिटामिन ए खुवाइएको हो ।

कार्तिक २० गते बिहिवार देखि कार्तिक २१ गते शुक्रबार सम्म हेटौंडा ११ को सिमलटार टोलविकास संस्था , बिपन्न वचत तथा ॠण सहकारी संस्था लिमिटेडको भवन , त्रिभुवन मावि ( नवलपुर ) अगाडि , सहिद स्मारक , सरस्वतीको प्रतीक्षालय , नवलपुर आधारभूत शहरी स्वास्थ्य कार्यालय , दुइवस्ती खानेपानीको भवन र सरस्वतीको सिटिइभिटी अगाडि स्वास्थ्य स्वयं सेविकाहरुद्वारा जूकाको दवाइ र भिटामिन ए खुवाइएको आमा समुहकी सदस्य तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका टीका गुरुङले जानकारी दिइन् ।

गुरुङका अनुसार हेटौंडा उपमहानगर पालिका , राष्ट्रिय भिटामिन ए , जूकाको दवाइ बितरण कार्यक्रम अन्तरगत एकैसाथ देशैभरिका बालबालिकालाई भिटामिन ए र जूकाको दवाइ दशैभरी एकैसाथ खुवाइएको हो , गुरुङले बताइन् ।



































































