शनिबारदेखि हट्यो सामुन्द्रिक आँधीको प्रभाव,घाम लाग्यो चारैतिर

हेटौंडा / मोन्था चक्रवात (सामुन्द्रिक आँधी)को प्रभाव शनिबारदेखि हटेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार बिहानैदेखी हल्का वर्षा भएतापनी दिनमा भने वर्षा भएन ।

आइतबारदेखि भने हेटौंडामा झलमल घाम लागेको छ । अचानक मनसुन मा आएको परिवर्तनले २ दिनभने अस्तब्यस्त बनायो , सवारी साधन , हवाइमार्गमा समेत रोक लगाइएको थियो । आइतबारदेखि भने हेटौंडाको जनजीवन सामान्य बनेको छ । जलवायु पुर्वानुमान महाशाखाका अनुसार केही उच्च पहाडी भेगमा हिउँ पर्ने भएतापनी अन्यत्र भने मौसम सफा रहने छ ।

आकाशमा केहि बादल देखिएतापनी मौसम सफा रहने जनाइएको छ । बङ्गालको खाडीबाट बिकसित भएको मोन्था चक्रवात (सामुन्द्रिक आँधी) मङ्गलबार भारतको आन्द्रा प्रदेशमा सरेको थियो भने भारतको बङ्गाल हुँदै नेपालमा प्रवेश गरेको थियो ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.