हेटौंडा । नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष मिठाराम दाहालको सभाध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा बागमती प्रदेश सभा सदस्य तथा सहकारी उपाध्यक्ष एकालाल श्रेष्ठ , सहकारीका सल्लाहकार तथा सहकारी नेता बद्री लम्साल , नारायणप्रसाद देवकोटा , सूर्य चन्द्र न्यौपाने , बिदुर हुमागाइ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष एकालाल श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने अध्यक्ष दाहालले वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष केशवप्रसाद देवकोटा आर्थिक प्रतिवेदन , सदस्य शिवराज पराजुलीले सहकारी बारे जानकारीमुलक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सहकारी सचीव रामजी सापकोटा , सदस्य कृष्णप्रसाद दाहाल , शिवहरी दाहाल , महिला सदस्य कमलादेवी दाहाल लगायतको उपस्थिति रहेको थियो । सहकारीमा हाल २६ सयभन्दा बढी सेयर सदस्य रहेको जनाइएको छ ।



































































