राष्ट्रिय भुमि अधिकार मंच मकवानपुरमा थोकर

हेटौंडा । राष्ट्रिय भुमि अधिकार मन्चको मकवानपुर अध्यक्षमा देवकृष्ण थोकर चयन भएका छन् । थोकरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ ।

जिल्लाका कार्यवाहक अध्यक्ष जयबहादुर वाइबाको सभाध्यक्षतामा हेटौंडाको सिमलटारमा भएको भेलाले नयाँ कार्यसमिति निर्माण गरेको हो । मन्चका केन्द्रिय सदस्य यज्ञबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

समितिको उपाध्यक्षमा सुर्यबहादुर सापकोटा, सचीव मा सोमलाल गोले, सहसचिवमा लक्ष्मण निरौला, कोषाध्यक्षमा ठुलीमाया मुक्तान चयन भएका छन् ।यसैगरी सदस्यमा सरिता पराजुली, भुमलसिङ घलान, कमल थिङ, बुद्धराज गिरी, बिकास तितुङ्ग, सुश्मा भोलन, रुक्मणी तिमल्सिना, सारदा शर्मा चयन भएका छन् ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.