मोन्था चक्रवात सामुन्द्रिक आँधीको प्रभाव हेटौंडामा पनि

हेटौंडा । मोन्था चक्रवात सामुन्द्रिक आँधीको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा पनि परेको छ । बङ्गालको खाडीमा विकसित मोन्था चक्रवात मङ्गलबार भारतको आन्द्रप्रदेशमा सरेको संचारमाध्यमहरुले जनाएको छ ।

भारतको बङ्गालहुदै नेपाल प्रवेश गरेको मोन्थाले केहि प्रदेश लुम्बिनी, बागमती, गण्डकी, मधेस प्रदेश, कोशी प्रदेश, कर्णालीमा कतै भारी वर्षा हुने, कतै भारी हिमपात हुने, कतै मध्यम हिमपात हुने जनाइएको छ ।

संचार माध्यमले जनाए अनुसार समुद्री आँधी २ सयदेखि ३ सय किलोमीटरको रेडियस बनाएर घुम्छ र यो शक्तिशाली हुन्छ । मौसम पुर्वानुमान महाशाखाले मोन्थाको प्रभाव नेपालमा शनिबारसम्म रहने भएकोले अति आवश्यक कामबाहेक २ दिनसम्म घरबाट बाहिर यात्रा नगर्न आग्रह गरेको छ ।


मोन्थाले दैनिक यातायात, हवाई यात्रा, जनजीवन, कृषि, पर्यटन क्षेत्रमा समेत प्रभाव पार्ने जनाइएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा पनि मोन्था चक्रवातको प्रभाव देखा पर्न थालेको छ । मोन्थाको प्रभावले मौसम परिवर्तन भएको छ । केहिदिनदेखी मोसम धुम्म भएर घाम नलाग्ने , मौसममा चिसो बढ्नुका साथै बिहीबार बिहानैदेखी हल्का वर्षा भैरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.