Day: २०८२ कार्तिक १३, बिहीबार २०:२० गते

गायक जनक लामाको नयाँ तामाङ गीत ‘काभ्रेली हिरो’ सार्वजनिक

गायक जनक लामाको नयाँ तामाङ गीत ‘काभ्रेली हिरो’ सार्वजनिक

मकवानपुर । मकवानपुरको बकैया–७ निवासी गायक जनक लामाले नयाँ तामाङ गीत ‘काभ्रेली हिरो’ सार्वजनिक गरेका छन् । जनक लामा र सुमिना लोको सुमधुर स्वरमा रहेको उक्त गीतमा शब्द अजय ब्लोनले लेखेका हुन् भने संगीत चेतन लामाले भरेका छन् । गीतको एरेन्ज, मिक्स र मास्टरिङ अर्पण थिङ तामाङले गरेका हुन् । अडियो रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो । “काभ्रेली हिरो” गीतले हास्य–व्यङ्ग्यात्मक ढङ्गमा रमाइला सामाजिक पाटाहरू र जीवनका भावनात्मक यथार्थतालाई उजागर गरेको छ । आकर्षक संगीत, लयात्मक शैली र मौलिक तामाङ भाषाको प्रयोगले गीतलाई थप मनमोहक बनाएको छ । गीतलाई गायक जनक लामाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यसअघि…
Read More
मोन्था चक्रवात सामुन्द्रिक आँधीको प्रभाव हेटौंडामा पनि

मोन्था चक्रवात सामुन्द्रिक आँधीको प्रभाव हेटौंडामा पनि

हेटौंडा । मोन्था चक्रवात सामुन्द्रिक आँधीको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा पनि परेको छ । बङ्गालको खाडीमा विकसित मोन्था चक्रवात मङ्गलबार भारतको आन्द्रप्रदेशमा सरेको संचारमाध्यमहरुले जनाएको छ । भारतको बङ्गालहुदै नेपाल प्रवेश गरेको मोन्थाले केहि प्रदेश लुम्बिनी, बागमती, गण्डकी, मधेस प्रदेश, कोशी प्रदेश, कर्णालीमा कतै भारी वर्षा हुने, कतै भारी हिमपात हुने, कतै मध्यम हिमपात हुने जनाइएको छ । संचार माध्यमले जनाए अनुसार समुद्री आँधी २ सयदेखि ३ सय किलोमीटरको रेडियस बनाएर घुम्छ र यो शक्तिशाली हुन्छ । मौसम पुर्वानुमान महाशाखाले मोन्थाको प्रभाव नेपालमा शनिबारसम्म रहने भएकोले अति आवश्यक कामबाहेक २ दिनसम्म घरबाट बाहिर यात्रा नगर्न आग्रह गरेको छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.