थानाभर्याङको ३ हजार घरधुरीमा खानेपानीको लाइन बिस्तार हुँदै, खानेपानीको ट्याङ्की निर्माण सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडाको थानाभर्याङ्मामा खाने पानीको लाइन बिस्तार बिगत केही महीनादेखि हुँदै आएको छ । पानीको पाइप कतिठाउमा बिछ्याइसकिएको छ भने कति ठाउँमा बिछ्याउन बाकी छ हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डका इन्जिनियर बिपिनराज वाग्लेले बताए ।

खानेपानीको ओभर हेड ट्याङ्कीको भने निर्माण सम्पन्न भैसकेको छ । ओमसाइ निर्माण सेवाको ठेक्कामा निर्माण भएको ट्याङ्कीको क्षमता ४ लाख ५० हजार लीटरको रहेको छ । हेटौंडा ११ सिमलटारमा निर्मित ट्याङ्कीको निर्माण लागत १ करोड ८७ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको इन्जिनियर वाग्लेले जानकारी दिए ।

बागमती प्रदेश सरकार खानेपानी उर्जा तथा सिंचाइ मन्त्रालय अन्तरगत खानेपानी तथा सरसफाइ डिभिजन नम्बर १ , संघिय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय , हेटौंडा उपमहानगर पालिका , हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डको सङ्युक्त लगानीमा ओभर हेड ट्याङ्की , पाइप लाइन बिस्तारको काम भएको हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डका सूचना अधिकारी संजय न्यौपानेले जानकारी दिए । खानेपानी ब्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट प्रताप बिष्ट भन्छन् जहाँ खानेपानीको सुबिधा छैन त्यहाँ खाने पानीको लाइन बिस्तार गर्ने हाम्रो लक्ष छ ।

हेटौंडा १५ नम्बर वडाको सयफिटमा खानेपानीको ओभर हेड ट्याङ्की निर्माण हुँदै छ भने अहिले हालसालै सिमलटारमा निर्माण भएको खानेपानीको ट्याङ्कीले सिमटार , गोल्फिनटार , सागरपथ , थानाभर्याङ , तल्लो थानाभर्याङ्का सम्पुर्ण बासिन्दालाई धाराको पानी ब्यवस्थापन गर्छ , अहिलेसम्म सिमलटारका ८० घरधुरीले धारा जडान गरि धाराको पानी उपभोग गरिरहेका छन् । सिमलटारको ड्यामपारी राप्ती खोलाको पानी बोरिङ गरेर निकालिएको हो ।

अध्यक्ष बिष्टका अनुसार थानाभर्याङ् सहित ५ वटा टोलका बासिन्दाले अहिले सम्म चापाकल गाढेर पिउने पानी उपभोग गर्दै आएका थिए । घरगरमा धारा जडान भएपछि सिमल्टारका बासिन्दा अत्यन्तै खुशी देखिन्छन् सिमटार टोलविकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरले खुसी व्यक्त गर्दै भने । धाराको पानी उपभोग गर्न पायौं त्यसैमा आफू र आफ्नो परिवार खुशी छौं सिमलटार टोलविकास संस्थाका पुर्वाध्यक्ष उमेरले ८ दसक कटेको गणेशबहादुर विष्वकर्माले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.