२०८२ कार्तिक ३, सोमबार १६:२६ गते
२०८२ कार्तिक ३, सोमबार १६:२६ गते
हेटौंडा / हेटौंडा उपमहानगरपालिकाले तिहार लक्षित बजार भनेर ५ ठाउँलाई तोकेको भएतापनी ब्यापारीहरु ३ ठाउँमा बसेर ब्यापार गरिरहेका छन् । मकवानपुर उद्योग वाणिज्य संघ परिषर, सङ्गम चोकमा फुल तथा फलफुल, हेटौंडा अस्पताल अगाडि म्याजिक पार्कमा सबैखाले तिहार सम्बन्धित बजार राखिएको छ । हुन त तिहार लक्षित बजार हेटौंडा १० स्थित तिलगंगा आँखा अस्पताल पछाडीको खुला चौर र फरेष्ट्री क्याम्पसको पर्खाल अगाडिको खाली ठाउँमा तोकिएको भएतापनी अपाएक पर्ने भन्दै त्यहाँ ब्यापारीहरु नगएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले बताए । उनका अनुसार तिहार बजार ब्यवस्थापन गर्न उपमहानगरपालिका लागिपरेको छ, फुल खेतीलाइ प्रोत्साहन गर्ने उद्देश्यले बाहिरबाट आउने प्लास्टिकका फुलमाला प्रयोगमा रोक लगाइएको छ…