हेटौंडामा इलेक्ट्रोनिक्स् स्कुटरको माग बढ्न थाल्यो

हेटौंडा । हेटौंडामा इभी गाडीको साथै इस्कुटरको पनि माग बढ्न थालेको छ । हेटौंडामा इलेक्ट्रीक स्कुटर र इलेक्ट्रीक साइकलको शोरुम धमाधम संचालनमा आइरहेको छ ।

असोज २९ गते एकैदिन हेटौंडा ४ शितलमहल चोक र हेटौंडा १० टीसियन रोडमा इलेक्ट्रीक इस्कुटर शोरुम उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाका वडाध्यक्ष फुर्वादोर्जे तामाङ, मकवानपुर उद्योग वाणिज्य संघकी महासचिव प्रतिमा श्रेष्ठ, स्कुटर शोरुम संचालक रत्नमाया शाक्यले रिबन काटेर, पानसमा बत्ती एकसाथ बालेर उद्घाटन गरेको ग्लोबल नम्बर १ इभी स्कुटर याडियाको शोरुम इभोभोल्ट्स सिटीबाट इसाइकल र स्कुटर बिक्री भएको शोरुम संचालक रोमनराज शाक्यले बताए ।

शोरुममा १ लाख ८५ हजार , २ लाख ८५ हजार मुल्य पर्ने स्कुटर , ९५ हजार मुल्यको इसाइकल उपलब्ध छ । विश्वको नबर १ ब्रान्ड याडियाको स्कुटर , इसाइकल हामीले हेटौंडामा पहिलो चोटि लन्च गरेकाहौ । यो बलियो र टिकाउ पनी छ । हेटौंडाको मक्रान्चुली डाडामा डबल लोड गरेर डाडा कटाएका छौ , माइलेज पनि सोचेभन्दा बढी नै दिन्छ संचालक शाक्यको दाबी छ । अर्डर पनि थुप्रै आइरहेको छ, शाक्यको भनाइ छ ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.