हेटौंडा / हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडाले एउटै कोठाबाट सेवा प्रदान गरेको छ । भदौ २४ गते जेन्जी आन्दोलनको बेलामा वडा कार्यालयमा आगजनी भएपछि वडाको सम्पुर्ण कागजात , सूचनाका फाइल , फर्निचर , भवन कामै नलाग्ने गरि डढेर नष्ट भएको थियो , अहिले हामीले असोज १ गते देखि सेवा दिदै आएका छौं ।

असोज १ गते प्रतिक्षालयमा बसेर सेवा दियौं भने २ गते नवलपुर आधारभूत स्वास्थ्य केन्द्रको माथिल्लो तलामा एउटा कोठाबाट सेवा दिदै आइरहेका छौं वडाध्यक्ष जुना दाहालले जानकारी दिइन् । उनका अनुसार राजस्वको काम उपमहानगर पालिकाबाट भैरहेको छ भने अन्य सेवा वडाबाटै प्रदान भैरहेको छ ।

क्षती यति भन्ने यकिन छैन , वडा भवनको तल्लो तला ( वडा संचालित भवन ) पुर्णरुपमा क्षति भएको छ भने माथिल्लो तलामा तोडफोड भएको छ , चालुअवस्थामा रहेको ६ / ७ वटा कम्प्युटर सिपियु लगायत कागजात आगोलागिबाट नष्ट भएको छ सहायक सचीव जीवन ढुङ्गेलले बताए । भवन प्राविधिक आएर प्रयोगमा ल्याउन हुने – नहुने पत्ता लगाइसकेपछी क्षतिको बिवरण खुल्ने ढुङ्गेलको भनाइ छ । राजस्वको कामपनी हामी छिट्टै संचालन गर्छौ वडाध्यक्ष दाहालले बताइन् ।

























