हेटौंडा । १२ वर्षदेखि थ्रीहुइलर इलेक्ट्रीकल भेइकलहरुको आधिकारिक बिक्रेताको रुपमा कार्यरत कुशवाहा मोटर्शले जापानीज ब्राण्डको इलेक्ट्रीक स्कुटर शोरुम संचालनमा ल्याएको छ ।
हेटौंडा ४ नम्बर वडास्थित् शितलमहल चोकमा अवस्थित रोयल प्यालेश जाने बाटो छेउमा शोरुम संचालनमा ल्याइएको छ । शोरुमको उद्घाटन स्कुटरका पहिलो ग्राहक केन्द्र जोशी , बुद्धिबहादुर श्रेष्ठ , कुशवाहा मोटर्सका संचालक बलिरामप्रसाद कुशवाहाले रिबन काटेर सङ्युक्त रूपमा उद्घाटन गरेका थिए । १२० प्लस माइलेज दिने स्कुटर नेपालमा पहिलोपटक लन्च गरिएको हो ।

एकवर्षको वारेन्टी रहेको रहेको , बलियो र पार्ट्सहरुपनी सजिलै उपलब्ध हुने कुशवाहा मोटर्सका संचालक बलिराम कुशवाहाले बताए । स्कुटर बलियो , स्मार्ट , ४५ डिग्रीसम्मको उकालो दुईजना चढेर मज्जा कटाउन सकिने हेटौंडा शाखाका म्यानेजर ओमकुमार चौरसीयाले जानकारी दिए ।
शोरुम संचालन हुनासाथ ३ वटा स्कुटर बिक्री भएको , धेरैले शोरुम भिजिट गरेका र अर्डरहरुपनी आइरहेको म्यानेजर चौरसियाले बताए । छिटोभन्दा थृहुइलरका ठुला मालवाहक , यात्रुवाहक , तरकारी बोक्ने र स्कुलको विद्यार्थी बोक्ने भेइकलहरुको पनि शोरुम संचालनमा ल्याइने मोटर्स संचालक कुशवाहाको भनाइ छ ।

हेर्नुहोस् भिडियो–



































































