हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले हेटौंडाको बुद्धचोकमा शनिबार खुला रक्तदानको आयोजना गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश र्याटको समन्वय र नेपाल रेडक्रस सोसाइटी , रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए ।

रास्वपा मकवानपुरका सभापति भरत पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा सङ्घिय पुर्व साम्सद रास्वपाका केन्द्रिय सदस्य बिन्दवासिनी कङ्साकारको प्रमुख आतिथ्यता रहेको थियो । गत भाद्र २३ र २४ गते जेन्जी आन्दोलनमा गोली लागेर घाइते भएका युवाहरूलाई रगतको आवस्यकतामा सघाउ पुर्याउने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको र्याटका बागमती प्रदेश सचीव महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
रक्तदान कार्यक्रममा रास्वपा , रास्वपा र्याटका बागमती प्रदेश , जिल्लाका नेताहरु लगायतकाको उपस्थिति रहेको थियो ।

























