मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION ले गर्यो रक्तदान कार्यक्रम

हेटौंडा । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION को आयोजनामा मकवानपुर जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा छैठौं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम संघका अध्यक्ष बुद्धि नाथ न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको हो भने सचेत नागरिक समूहका अध्यक्ष एवं संघका सल्लाहकार शिव नारायण श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा दुई महिला सहित २३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक एवम् बागमती प्रदेश फुलकन्ट्र्याक्ट कराते महासंघका उपाध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिनुभयो।

कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष सानू कुमार लामा, माधव तिमल्सिना, कार्यालय प्रमुख माधव कोईराला, नेपाल बालकुमारी क्योकुशिन कराते संघका केन्द्रीय सदस्य सुदर्शन खतिवडा, बागमती प्रदेश फुलकन्ट्र्याक्ट कराते महासंघका सदस्यद्वय सुसन श्रेष्ठ, सुमन कर्माचार्य, अशोक डिमडुङ्ग, सीता श्रेष्ठ लगायत प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।

रक्त सञ्चार केन्द्र हेटौंडाका टंक डहाल र किशोर सापकोटाको प्राविधिक सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.