उज्यालो नेपाल पार्टीको घरदैलो र र्याली

हेटौंडा / हेटौंडाको १७ नम्बर वडामा उज्यालो नेपाल पार्टी ले चुनावी प्रचारप्रसार गरेको छ । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा सहितको टोलीले र्याली , प्रचारप्रसार गरेको हो । आइतबारको दिनमा पार्टीले हेटौंडा १३ मा पनि मोटरसाइकल र्याली गरेको थियो ।

देशमा परिवर्तन गरेर देखाउने प्रतिबद्धतताका साथ आफ्नो उम्मेदवारी रहेको लामाले बताए । बत्तीको चिममा भोट दिएर उज्यालो नेपाल पार्टी लाई यसपालि जितादिनुहुन सबै मतदाताहरुमा आग्रह गर्दछु उम्मेदवार लामाले आग्रह गरे । नेपाललाई दिनमा १८ घण्टा सम्मको लोडसेडिङबाट मुक्त बनाएर सबैनेपालीको मनजित्न सफल कुलमान घिसिङको नेतृत्वमा रहेको पार्टी हो उज्यालो नेपाल पार्टी ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारी मकवानपुर क्षेत्र नम्बर १ बाट इन्जिनियर सुरेन्द्र लामाले दिएका छन् भने मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी डाक्टर प्रबिन स्याङ्तान ले दिएका छन् । पार्टीको चुनाव चिन्ह बत्तीको चिम रहेको छ ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.