हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार नबन्ने भएका छन् । नेकपा मकवानपुरले मकवानपुरका दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि खतिवडाको नाम सिफारिस गरेको थियो ।
पूर्वस्वास्थ्यमन्त्री खतिवडाले मंगलबार हेटौंडा–५ स्थित नेकपाको जिल्ला पार्टी कार्यालयमा दुवै निर्वाचन क्षेत्रबाट आफ्नो नाम सिफारिस गरिएकोमा आभार व्यक्त गर्दै भने–म निर्वाचनमा उठ्दिन“, अन्य साथीहरुलाई सहयोग गर्छु । खतिवडाले आफू यसअघि नै ६ पटक निर्वाचन लडिसकेको भन्दै र २३ र २४ भदौको जेनजी आन्दोलनपछि निर्वाचन हुन लागेकाले युवालाई पालो दिन खोजेको बताए । ‘मैले राजनीतिबाट सन्न्यास लिन खोजेको होइन । यस निर्वाचन नलड्नेमात्र हो । युवालाई पालो दिन खोजेको हु“ पार्टी बनाउनतिर लाग्छु’ उनले भने ।
‘पार्टीले जसलाई उम्मेद्वार बनाउ“छ, उनको पक्षमा लाग्नेछु,’ उनले भने । प्रतिनिधिसभाअन्तर्गत् मकवानपुरको २ वटा चुनावी क्षेत्रमा लगातार जित्दै आएको एमालेले सिंगो मकवानपुरलाई आफ्नो गढ मान्ने गरेको अवस्थामा खतिवडाको उक्त निर्णयले पार्टीलाई केही प्रभाव पार्ने आ“कलन छ ।
राष्ट्रिय पञ्चायत हु“दै प्रतिनिधिसभा सदस्यका रुपमा मकवानपुरबाट ६ पटक उम्मेद्वार बनेर चार पटक सफलता हात पार्न सफल थिए खतिवडा । २०४३ सालमा मालेका तर्फबाट जनपक्षीय उम्मेद्वारका रुपमा खडा भएका उनी पराजित भएका थिए । २०४८, २०५१, २०५६ र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले विजय हासिल गरेका थिए । २०४३ सालमा मालेका तर्फबाट जनपक्षीय उम्मेद्वारका रुपमा खडा भएका उनी पराजित भएका थिए । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा भने उनी उठेनन् ।

२०१५ फागुन १० मा तत्कालीन मकवानपुरगढी गाविस (हाल हेटौंडा–१७, हटिया राजदेवी) मा जन्मिएका खतिवडाले हेटौंडा–४ स्थित भुटनदेवी माविबाट २०२८ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएका हुन् । नेपाल ल क्याम्पसमा २०३५÷२०३६ सालमा स्ववियु पदाधिकारी बनेका उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय सदस्य भएका थिए ।
एमाले विभाजित भएपछि तत्कालीन एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री बन्न सफल खतिवडा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादीबाट उम्मेद्वार बनेर पराजित भएका थिए । विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय खतिवडा प्रखर वक्ताका रुपमा पनि परिचित छन् । २०८१ भदौ दोस्रो साता नेकपा (एकीकृत समाजवादी) ले चुनावमार्फत् ८४ जना पोलिटब्युरो सदस्य छान्दा सार्वजनिक मत परिणामअनुसार पदाधिकारीमा हारेका खतिवडाले पोलिटब्युरोमा सबभन्दा बढी मत पाएका थिए ।



































































