सिद्धार्थका छात्रछात्रालाई लैङ्गकि हिंसा र साइबर क्राइमबारे सचेतना

हेटौंडा / हेटौंडा ५ स्थित सिद्धार्थ शिशु सदन स्कुलमा कक्षा १० मा अध्यनरत छात्रछात्राहरुलाइ लैङ्गकि हिंसा , साइबर क्राइम , प्रवृत्ति को सहि सदुपयोग बारे सचेत गराइएको छ ।

गैरसरकारी संस्था महासङ्घ मकवानपुर , नेपाल मानव अधिकार संगठन मकवानपुरको आयोजना र जिल्ला प्रहरी कार्यालय मकवानपुर , सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा बसपार्कको साझेदारीमा एकदिवसीय सचेतना कार्यक्रम गरिएको हो । गैरसरकारी संस्था महासङ्घ मकवानपुरकि अध्यक्ष रमिला सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा सिटीइभिटी बागमती प्रदेश हेटौंडाकि प्रमुख निर्देशक शान्ति लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले प्रवृदीको सदुपयोग गर्नाले धेरै फाइदा हुने र दुरुपयोग गर्दा दुर्घटना निम्तिने बताइन् । समयलाई खेरा फाल्नु सट्टा सीप सिक्नुराम्रो हुने बताइन् । सीपले सिपालु बनाउछ , रोजगार सग जोड्छ , रोजगारिताले आर्थिक उन्नति बढाउछ बिग्रने समयलाई सिपमुलक तालिममा लगानी गर्योभने भविस्य राम्रो हुने कुरामा जोड दिइन् । यसैगरी कार्यक्रमका अर्का वक्ता मकवानपुर रिकभरिङ्ग सेन्टरका संयोजक उद्धव केसीले लागु औषधको कुलतमा फस्दैनफस्न सुझाव दिए ।

कार्यक्रममा फ्रेन्डस् क्लब हेटौंडाकि अध्यक्ष उपमा लामा , मानव अदिकार सङ्गठन मकवानपुर अध्यक्ष शर्मिला श्रेष्ठ , गैसस महासङघ मकवानपुर अध्यक्ष रमिला सापकोटा लगयतकाले बिध्यार्थिले पठनपाठनमानै ध्यान दिनुपर्ने बताए । कार्यक्रममा बिध्यालयका प्र . अ . निर्मल पराजुली , मानव अदिकार कर्मीहरु बिनोद ढकाल , सारदा चौलागाईं , शान्ति फाउन्डेसनकी अध्यक्ष सीता गुरुङ लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.