नेकपा एस मनहरी गाउँ कमिटीको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

मकवानपुर । नेपाली कम्युनिस्ट पार्टी (पूर्व घटक) नेकपा एसको मनहरी गाउँ कमिटीको भेला आज सम्पन्न भयो। भेलाको अध्यक्षता बलराम थापाले गरेका थिए भने प्रमुख अतिथि पार्टीका जिल्ला सचिव तथा मनहरी इन्चार्ज किशोर बर्तौला रहेका थिए।

भेलाले ३१ सदस्यीय गाउँ कमिटी निर्माण गरेको छ। नवगठित समितिको अध्यक्षमा रोशन बल, उपाध्यक्षमा राम बहादुर परियार, सचिवमा महेन्द्रराज खड्का तथा उप–सचिवमा शुष्मा लामा चयन भएका छन्।

भेलामा सहभागीहरूले नयाँ नेतृत्व गठनसँगै संगठन सुदृढीकरणका लागि महत्वपूर्ण कदम अघि बढेको बताएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.