सडक डिभिजन हेटौँडाले शनिबारदेखि सडक विस्तार कार्य अगाडि बढाउने

हेटौँडा । सडक डिभिजन हेटौँडाले भोलि मिति २०८२ मंसिर २० गतेदेखि सडक विस्तारका कामहरू योजना अनुसार निरन्तर अगाडि बढ्ने स्पष्ट गरेको छ। डिभिजनले यसअघि मंसिर ५ गते प्रकाशित गरिएको सूचनाअनुसार आज मंसिर १९ गतेसम्म कुनै पनि आधिकारिक निकायबाट ‘सडक विस्तार रोक्न’ भनी कुनै निर्देशन नआएकाले काम अगाडि बढ्ने बताएको हो।

डिभिजन प्रमुखद्वारा जारी सूचनामा भनिएको छ कि कार्यालयमा आवश्यक आधिकारिक सूचना नआएकाले भोलिदेखि नियमानुसार विस्तार कार्य निरन्तर सञ्चालन हुनेछ।

सडक विस्तारको विषयलाई लिएर हेटौँडामा केही राजनीतिक दलका युवा समूह तथा नेताहरूले “२५ मिटर सडक भत्काउने कार्य रोक्ने निर्देशन आएको” जस्तो अभिव्यक्ति सामाजिक सञ्जालमा दिँदै अनिश्चितता र भ्रम पैदा भइरहेको भन्दै डिभिजनले ध्यानाकर्षणसमेत गराएको छ।

डिभिजनका अनुसार सडक विस्तारसम्बन्धी निर्णय र प्रक्रिया कानूनी र संस्थागत मार्गबाट मात्र तय हुने भएकाले अपुष्ट सूचना वा अफवाहमा नपर्न सबैलाई अनुरोध गरिएको छ।

सडक डिभिजनले सम्बन्धित पक्षहरूको सहयोग र समन्वयमा भोलिदेखि विस्तार कार्य अघि बढाइने पुनः दोहोर्‍याएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.