२०८२ मंसिर १९, शुक्रबार १९:४४ गते
२०८२ मंसिर १९, शुक्रबार १९:४४ गते
हेटौंडा । हेटौंडा बजार क्षेत्रको सडक विस्तार अभियानका लागि आवश्यक सबै तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। सडक डिभिजन कार्यालय मकवानपुरले मंसिर ५ गते प्रकाशित सूचनाअनुसार अघि बढाइएको अभियानमा स्थानीयवासी तथा सरोकारवालाको उत्साहजनक सहयोग देखिएको प्रशासनले जानकारी दिएको छ। प्रशासनले आज जारी गरेको सार्वजनिक सूचनामा व्यवसायीहरूले स्वेच्छिक रूपमा आफ्नो पसल सार्न थालेको, सेल–अफरमार्फत सामान बिक्री गरी कार्य सहज बनाइरहेको तथा सडक विस्तारलाई साथ दिइरहेकोप्रति धन्यवाद व्यक्त गरेको छ। तर केही व्यक्तिहरूबाट व्यवसायीहरूलाई धाकधम्की दिने, जबरजस्ती पसल बन्द गराउने र सार्वजनिक विकास निर्माणको कानुनसम्मत कार्यमा अवरोध पुर्याउने गतिविधि देखिएको प्रशासनको आरोप छ। यस्ता गैरकानुनी गतिविधिबाट टाढा रहन सबैलाई…