आगलागीबाट ध्वस्त कृषि विकास कार्यालय चितवनको स्थलगत निरीक्षण

हेटौँडा । जेनजी आन्दोलनका क्रममा आगलागी भई ध्वस्त बनेको कृषि विकास कार्यालय चितवनको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले स्थलगत निरीक्षण गरेका छन्।

बिहीबार मन्त्री पौडेलले आन्दोलनका क्रममा जलाइएको कृषि मन्त्रालय मातहतको कृषि विकास कार्यालय चितवनको अवलोकन गर्दै कार्यालय पुनःसञ्चालनका लागि आवश्यक व्यवस्थापनका कार्यहरू तत्काल अघि बढाउने प्रतिबद्धता जनाए।

निरीक्षणका क्रममा मन्त्री पौडेलले भने, “राज्यका सार्वजनिक सम्पत्तिमाथि यसरी तोडफोड र आगजनी हुनु दुःखद कुरा हो। हामी तत्काल मर्मत, रंगरोगन, फर्निचर, कम्प्युटर तथा अन्य आवश्यक सामग्रीको व्यवस्था गरेर चाँडै कार्यालयलाई सामान्य अवस्थामा ल्याउँछौं,” भन्दै कार्यालयलाई शीघ्र पुनः सञ्चालनमा ल्याउने तयारी रहेको स्पष्ट पारे।

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार, आगलागीबाट करिब १ करोड २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनामा दुई वटा चारपाङ्ग्रे गाडी, सात वटा मोटरसाइकल र १२ सेट कम्प्युटर जलेका छन् भने कार्यालयका दुई कोठा पूर्ण रूपमा नष्ट भएका छन्।

कँडेलले हाल जलेकै भवनको एउटा कोठाबाट अस्थायी रूपमा कार्यालय सञ्चालन भइरहेको बताउँदै, तालुक निकायबाट अनुमति प्राप्त भए तिहारलगत्तै कार्यालय पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.