Day: २०८२ आश्विन २४, शुक्रबार २१:४३ गते

एभिन्युज टेलिभिजनमा पत्रकारको पारिश्रमिक विवाद — स्वतन्त्र पत्रकार संघ मकवानपुरले कानुनी कारबाहीको चेतावनी

एभिन्युज टेलिभिजनमा पत्रकारको पारिश्रमिक विवाद — स्वतन्त्र पत्रकार संघ मकवानपुरले कानुनी कारबाहीको चेतावनी

मकवानपुर । स्वतन्त्र पत्रकार संघ, मकवानपुरले एभिन्युज टेलिभिजनको व्यवस्थापनमाथि गम्भीर आरोप लगाउँदै पत्रकार प्रमोद राज सहनीलाई एक वर्षसम्म पारिश्रमिक नदिएको र श्रमिक अधिकारको उल्लंघन गरेको बताएका छन्। संघले घटनालाई नेपालको संविधान, श्रम ऐन २०७४, र श्रमजीवी पत्रकार ऐनको स्पष्ट उल्लंघन भएको ठहर गरेको छ। विज्ञप्ति अनुसार, पत्रकार साहनीले बारम्बार पारिश्रमिक भुक्तानीका लागि मानव संसाधन विभाग र कार्यकारी प्रमुखलाई अनुरोध गर्दा “प्रक्रियामा छ” र “केही दिनमा हुन्छ” जस्ता अस्पष्ट जवाफ मात्र पाएका छन्। साथै, कानुनी हक माग गरेपछि उनलाई संस्थाको आधिकारिक सञ्चार समूहबाट हटाइएको आरोप पनि संघले लगाएको छ, जुन पेशागत स्वतन्त्रता र श्रमिक अधिकारमाथि प्रत्यक्ष आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ।…
Read More
प्रेस युनियन मकवानपुरद्वारा ५० हजार नगद राशीको पत्रकारिता सम्मान घोषणा

प्रेस युनियन मकवानपुरद्वारा ५० हजार नगद राशीको पत्रकारिता सम्मान घोषणा

हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको ‘स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कार’को नगद राशी वृद्धि गरी ५० हजार रुपैयाँ पुर्‍याएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक तथा पुरस्कारका प्रायोजक चिरञ्जीबी ढकालले हेटौँडामा प्रेस युनियन मकवानपुरको टोलीसँगको भेटघाटका क्रममा आगामी वर्षदेखि पुरस्कार राशी ५० हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेका हुन्। उनको घोषणासँगै यो पुरस्कार अब मकवानपुर जिल्लाको पत्रकारिता क्षेत्रमा सर्वाधिक नगद राशीको पत्रकारिता पुरस्कार बन्ने भएको छ। यसअघि उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ मात्र थियो। सो पुरस्कारबाट पहिलो पटक नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाल सम्मानित भइसकेका छन्। भेटघाटका क्रममा प्रायोजक ढकालले…
Read More
आगलागीबाट ध्वस्त कृषि विकास कार्यालय चितवनको स्थलगत निरीक्षण

आगलागीबाट ध्वस्त कृषि विकास कार्यालय चितवनको स्थलगत निरीक्षण

हेटौँडा । जेनजी आन्दोलनका क्रममा आगलागी भई ध्वस्त बनेको कृषि विकास कार्यालय चितवनको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले स्थलगत निरीक्षण गरेका छन्। बिहीबार मन्त्री पौडेलले आन्दोलनका क्रममा जलाइएको कृषि मन्त्रालय मातहतको कृषि विकास कार्यालय चितवनको अवलोकन गर्दै कार्यालय पुनःसञ्चालनका लागि आवश्यक व्यवस्थापनका कार्यहरू तत्काल अघि बढाउने प्रतिबद्धता जनाए। निरीक्षणका क्रममा मन्त्री पौडेलले भने, “राज्यका सार्वजनिक सम्पत्तिमाथि यसरी तोडफोड र आगजनी हुनु दुःखद कुरा हो। हामी तत्काल मर्मत, रंगरोगन, फर्निचर, कम्प्युटर तथा अन्य आवश्यक सामग्रीको व्यवस्था गरेर चाँडै कार्यालयलाई सामान्य अवस्थामा ल्याउँछौं,” भन्दै कार्यालयलाई शीघ्र पुनः सञ्चालनमा ल्याउने तयारी रहेको स्पष्ट पारे। कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार,…
Read More
एभिन्युज टेलिभिजनद्वारा पत्रकार सहनीलाई तलब नदिएकोप्रति प्रेस युनियन मकवानपुरको ध्यानाकर्षण

एभिन्युज टेलिभिजनद्वारा पत्रकार सहनीलाई तलब नदिएकोप्रति प्रेस युनियन मकवानपुरको ध्यानाकर्षण

हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरले एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार प्रमोद राज साहनीलाई करिब एक वर्षदेखि पारिश्रमिक नदिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। प्रेस युनियन मकवानपुरले शुक्रबार जारी गरेको विज्ञप्तिमा श्रमजीवी पत्रकार ऐन, २०५१ र श्रम ऐन, २०७४ बमोजिम कुनै पनि पत्रकार वा श्रमिकले गरेको श्रमको उचित पारिश्रमिक समयमै पाउनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको स्मरण गराउँदै, एभिन्युज टेलिभिजनले त्यसको अवहेलना गरेको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, “पत्रकार साहनीलाई लामो समयदेखि तलब नदिएको घटना प्रेस स्वतन्त्रता, पत्रकारको अधिकार र श्रमिक न्यायको दृष्टिले निन्दनीय छ।” युनियनले एभिन्युज टेलिभिजनका सम्बन्धित पक्षलाई साहनीको बक्यौता पारिश्रमिक तुरुन्तै उपलब्ध गराउन माग गरेको छ। साथै, तोकेको…
Read More
हेटौँडामा ३४ लाख बराबरको भन्सार छलि गरी ल्याइएका कपडा र पटकाजन्य पदार्थहरू नियन्त्रणमा

हेटौँडामा ३४ लाख बराबरको भन्सार छलि गरी ल्याइएका कपडा र पटकाजन्य पदार्थहरू नियन्त्रणमा

हेटौँडा । मकवानपुर प्रहरीले करिब चौतिस लाख रुपैयाँ बराबरको भन्सार छलि गरी ल्याइएका कपडाहरु र प्रतिबन्धित पटकाजन्य पदार्थहरू नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान करिब ४ः१० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडि पूर्व–पश्चिम राजमार्गमा मधेश प्रदेश–०३–००१च ९०२३ नम्बरको योद्धा गाडी रोकी जाँच गर्दा उक्त सामान फेला परेको हो। प्रहरीका अनुसार उक्त गाडी बिरगंजबाट हेटौँडातर्फ आइरहेको थियो। गाडी चालक रौतहट, बृन्दाबन नगरपालिका–९ का २० वर्षीय युवक र सहचालक गरुडा नगरपालिका–४ का ३१ वर्षीय युवकलाई नियन्त्रणमा लिइएको छ। गाडीको पछाडिको ढालाभित्र लुकाइ–छिपाई ल्याइएका सामानमध्ये साडी १३० थान, कुर्ता ६९६ थान, टप्स १७५ थान गरी जम्मा…
Read More
‘आफ्नो आँखालाई माया गरौं’ भन्ने नारासहित विश्व दृष्टि दिवस नेपालभर मनाइयो

‘आफ्नो आँखालाई माया गरौं’ भन्ने नारासहित विश्व दृष्टि दिवस नेपालभर मनाइयो

हेटौँडा ।‘आफ्नो आँखालाई माया गरौं’ भन्ने नारासहित विश्व दृष्टि दिवस–२०२५ नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ। यस अवसरमा तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको हेटौँडा सामुदायिक आँखा अस्पतालले दृष्टि समस्या, अन्धोपनका कारण र बच्ने उपायबारे छलफल कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा अस्पतालका प्रमुख सुनिल थकालीले अन्धोपनका प्रमुख कारण, सुरक्षाका उपाय र समयमै उपचारको महत्त्वबारे जानकारी गराए। उहाँका अनुसार, नेपालमा दृष्टि समस्या हुने जनसंख्या ३.९ प्रतिशत र अन्धोपन हुने दर ०.३ प्रतिशत रहेको छ। तीमध्ये महिलामा समस्या बढी देखिएको उल्लेख गर्दै थकालीले भने, “अन्धोपनका करिब ६५ प्रतिशत कारण मोतीबिन्दु हुन्, बाँकीमा जलबिन्दु, उमेरजन्य पर्दा र रेटिनासम्बन्धी समस्या मुख्य हुन्।” विश्व स्वास्थ्य सङ्गठन (WHO)…
Read More
कर्मचारीको शोकमा हेटौँडा उपमहानगरपालिका

कर्मचारीको शोकमा हेटौँडा उपमहानगरपालिका

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आफ्नी स्थायी कर्मचारी बालकुमारी पौडेलको असामयिक निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरेको छ। उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सभामा बोल्दै पौडेलको निधनले सम्पूर्ण उपमहानगर परिवार स्तब्ध भएको बताइन्। उनले भनिन्, “बालकुमारी दिदीले ३२ वर्ष लामो समय नगरको सेवा गर्नुभयो। उहाँसँगका अनेकन स्मृतिहरू आज पनि मनभरि ताजा छन्। दिदीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।” मिति २०२७ साल कार्तिक १६ गते साविक हटिया–४ मा जन्म भएकी पौडेलले २०५० साल मंसिर २० गते हेटौँडा उपमहानगरपालिकामा मेत्तर पदमा स्थायी नियुक्ति पाएकी थिइन्। उनले जीवनका अन्तिम दिनसम्म यही कार्यालयमा निरन्तर सेवा गरिरहेकी थिइन्।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.