कर्मचारीको शोकमा हेटौँडा उपमहानगरपालिका

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आफ्नी स्थायी कर्मचारी बालकुमारी पौडेलको असामयिक निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सभामा बोल्दै पौडेलको निधनले सम्पूर्ण उपमहानगर परिवार स्तब्ध भएको बताइन्। उनले भनिन्, “बालकुमारी दिदीले ३२ वर्ष लामो समय नगरको सेवा गर्नुभयो। उहाँसँगका अनेकन स्मृतिहरू आज पनि मनभरि ताजा छन्। दिदीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।”

मिति २०२७ साल कार्तिक १६ गते साविक हटिया–४ मा जन्म भएकी पौडेलले २०५० साल मंसिर २० गते हेटौँडा उपमहानगरपालिकामा मेत्तर पदमा स्थायी नियुक्ति पाएकी थिइन्। उनले जीवनका अन्तिम दिनसम्म यही कार्यालयमा निरन्तर सेवा गरिरहेकी थिइन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.