मकवानपुर । मिजार समाज नेपाल, मनहरी गाउँपालिकाको प्रथम भेला मकवानपुरको मनहरी गाउँपालिका–९, रजैयास्थित अग्निहोत्र आश्रममा शनिबार सम्पन्न भएको छ ।
भेलाले मिजार समाजलाई सशक्त, संगठित र एकताबद्ध बनाउन १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । नवगठित समितिको अध्यक्षमा संगिता मालबुले (मिजार) निर्वाचित भएकी छिन् । त्यसैगरी, बरिष्ठ उपाध्यक्षमा राजु मिजार, महिला उपाध्यक्षमा काली मिजार, सचिवमा अस्मिना मिजार, सह–सचिवमा शान्ता मिजार र कोषाध्यक्षमा राममाया नेपाली (मिजार) चयन भएका छन् ।
सदस्यहरूमा कृष्णबहादुर बिसुन्के (मिजार), अनु मिजार, कमला मग्राती (मिजार), सोमबहादुर बिसुन्के (मिजार), जुना मिजार, सानू (मनिता) मिजार र मुसे मिजार रहेका छन् ।

भेलाको सभाध्यक्षता मिजार समाज मकवानपुरका जिल्ला सचिव वीर बहादुर मिजारले गरेका थिए । कार्यक्रममा जिल्ला वरिष्ठ उपाध्यक्ष सुरेश ‘बेरोजगार’ मिजार प्रमुख अतिथिका रूपमा उपस्थित थिए । विशेष अतिथिमा जिल्ला महिला उपाध्यक्ष चमेली मिजार, जिल्ला कोषाध्यक्ष संगीता दवाडी (मिजार), जिल्ला सदस्य सिमा मिजार तथा समाजसेवी एवं पूर्व महिला जनप्रतिनिधि इन्द्रकुमारी मिजार रहेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सह–सचिव प्रकाश मिजारले गरेका थिए ।
सहभागीहरूले मिजार समाजको ऐतिहासिक पृष्ठभूमि, सामाजिक योगदान, हक–अधिकार र आगामी मार्गचित्रबारे आ–आफ्ना धारणा राख्दै समाजलाई संस्थागत ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।































