Day: २०८२ आश्विन १२, आईतवार १३:०१ गते

मनहरीमा मिजार समाज नेपालको प्रथम भेला सम्पन्न

मनहरीमा मिजार समाज नेपालको प्रथम भेला सम्पन्न

मकवानपुर । मिजार समाज नेपाल, मनहरी गाउँपालिकाको प्रथम भेला मकवानपुरको मनहरी गाउँपालिका–९, रजैयास्थित अग्निहोत्र आश्रममा शनिबार सम्पन्न भएको छ । भेलाले मिजार समाजलाई सशक्त, संगठित र एकताबद्ध बनाउन १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । नवगठित समितिको अध्यक्षमा संगिता मालबुले (मिजार) निर्वाचित भएकी छिन् । त्यसैगरी, बरिष्ठ उपाध्यक्षमा राजु मिजार, महिला उपाध्यक्षमा काली मिजार, सचिवमा अस्मिना मिजार, सह–सचिवमा शान्ता मिजार र कोषाध्यक्षमा राममाया नेपाली (मिजार) चयन भएका छन् । सदस्यहरूमा कृष्णबहादुर बिसुन्के (मिजार), अनु मिजार, कमला मग्राती (मिजार), सोमबहादुर बिसुन्के (मिजार), जुना मिजार, सानू (मनिता) मिजार र मुसे मिजार रहेका छन् । भेलाको सभाध्यक्षता मिजार समाज मकवानपुरका जिल्ला सचिव वीर…
Read More
निर्वाचन जरुरी : महामन्त्री विश्वप्रकाश शर्मा

निर्वाचन जरुरी : महामन्त्री विश्वप्रकाश शर्मा

हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक निकासका लागि निर्वाचन अनिवार्य रहेको बताएका छन् । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको मकवानपुरस्थित कांग्रेस पार्टी कार्यालय अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले घाइते अवस्थामा रहेको संविधानलाई स्वस्थ बनाउन फागुन २१ मै प्रतिनिधिसभाको निर्वाचन आवश्यक भएको धारणा राखे । उहाँले राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना र स्थानीय तहलाई निर्वाचनमार्फतै ‘रिफ्रेस’ गर्न सकिने बताए । महामन्त्री शर्माले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न कांग्रेसले पूर्ण सहयोग गर्ने उल्लेख गर्दै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार सफल बनाउन कांग्रेस तयार रहेको स्पष्ट पारे । वर्तमान सरकार असफल भए लोकतन्त्र नै धरापमा पर्ने चेतावनी पनि दिनुभयो । भदौ…
Read More
मकवानपुरमा पत्रकारलाई ३ वर्षसम्म निःशुल्क स्वास्थ्य उपचार

मकवानपुरमा पत्रकारलाई ३ वर्षसम्म निःशुल्क स्वास्थ्य उपचार

हेटौँडा । नेपाल पत्रकार महासंघ, मकवानपुर शाखा र मकवानपुर सहकारी अस्पतालबीच पत्रकारलाई लक्षित गरी स्वास्थ्य उपचारसम्बन्धी सम्झौता गरिएको छ । सम्झौता अनुसार महासंघमा आवद्ध पत्रकारहरूले अस्पतालमा निःशुल्क ओपीडी, शल्यक्रिया तथा भर्ना उपचार सेवा पाउने भएका छन् । साथै ल्याब परीक्षण, रेडियोलोजीसहित अन्य परीक्षणहरू पनि निःशुल्क उपलब्ध हुनेछ भने औषधि खरिदमा १० प्रतिशत छुट दिइने महासंघका सचिव केशव समर्पण सुवेदीले जानकारी दिनुभयो । शनिबार महासंघको सभाहलमा आयोजित कार्यक्रममा महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र सहकारी अस्पतालका अध्यक्ष नरोत्तम दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । महासंघका सदस्यहरूले सेवा लिनका लागि सदस्यता प्रमाणपत्र अनिवार्य प्रस्तुत गर्नुपर्नेछ । प्रारम्भिक चरणमा सम्झौता तीन वर्षका लागि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.