नेपाल फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुरको १७औं साधारणसभा सम्पन्न

मकवानपुर । नेपाल फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुरको १७औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा तथा नेपाल फलफुल तथा तरकारी व्यवसायी महासंघका उपाध्यक्ष मुकुन्द प्रसाद गौतमको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

सभामा बोल्दै नगर प्रमुख लामाले तरकारी तथा फलफुल व्यवसायलाई व्यवस्थित बनाउन हेटौंडा उपमहानगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले उपमहानगर आफैं पनि विभिन्न समस्या सामना गरिरहेको उल्लेख गर्दै कृषि थोक बजारलाई मन्त्रालय अन्तर्गतबाट हटाउने विषयमा व्यवसायीहरूले समेत दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा संघका अध्यक्ष कृष्ण प्रसाद हुमागाईले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष ऋषि सापकोटाले आर्थिक प्रतिवेदन पेश गर्नुभयो। साधारणसभामा व्यवसायीसँग सम्बन्धित विविध विषयमा छलफल भएको र आगामी कार्ययोजनाहरूबारे समेत धारणा राखिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.