Day: २०८२ बैशाख ११, बिहीबार २०:३९ गते

गौरीटार फुटबल रंगशालाको उद्घाटन, १४ करोडको लगानीमा निर्माण

गौरीटार फुटबल रंगशालाको उद्घाटन, १४ करोडको लगानीमा निर्माण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटारमा निर्माण सम्पन्न फुटबल रंगशालाको औपचारिक उद्घाटन गरिएको छ। बुधबार एक विशेष समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले रंगशालाको उद्घाटन गर्नुभयो। १४ करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त रंगशाला सामाजिक विकास मन्त्रालयको पहलमा सम्पन्न गरिएको हो। रंगशालामा २,८५० दर्शक क्षमताको प्यारापिटसहितको पूर्वाधार तयार गरिएको छ, जसले क्षेत्रीय तथा राष्ट्रियस्तरका खेल आयोजनाको सम्भावनालाई बलियो बनाएको छ। उद्घाटन समारोहमा मुख्यमन्त्री लामाले खेलकूदलाई राष्ट्र निर्माणको आधारका रूपमा व्याख्या गर्दै भने, “खेल मैदान मात्र होइन, यो एक प्रशिक्षण केन्द्र बन्नु पर्छ जहाँ भविष्यका राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुन्छन्।” उहाँले विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो र…
Read More
संघीय प्रहरी ऐन अभावमा प्रदेश प्रहरीको भूमिका अस्पष्ट : मन्त्री लामिछाने

संघीय प्रहरी ऐन अभावमा प्रदेश प्रहरीको भूमिका अस्पष्ट : मन्त्री लामिछाने

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संविधानले प्रत्यायोजित अधिकारको कार्यान्वयन अझै पूर्ण रूपमा हुन नसकेको बताउँदै संघीय प्रहरी ऐनको अभावले प्रदेश प्रहरीको भूमिकामा अन्योलता सिर्जना भएको स्पष्ट पार्नुभयो। जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा नवनिर्मित सुविधा सम्पन्न महिला प्रहरी ब्यारेक भवनको उद्घाटन गर्दै मन्त्री लामिछानेले प्रहरी संगठनलाई प्रभावकारी बनाउने लागि आवश्यक कानुन, नीति, रणनीति र योजना स्पष्ट रूपमा परिभाषित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले प्रदेश प्रहरीको प्रभावकारिता र संघीयताको सफल कार्यान्वयनका लागि सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो। मन्त्री लामिछानेले हटियामा निर्माण हुन लागेको प्रदेश प्रहरी अस्पताललाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी गराउँदै चालु आर्थिक वर्षमा उक्त…
Read More
नेपाल फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुरको १७औं साधारणसभा सम्पन्न

नेपाल फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुरको १७औं साधारणसभा सम्पन्न

मकवानपुर । नेपाल फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुरको १७औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा तथा नेपाल फलफुल तथा तरकारी व्यवसायी महासंघका उपाध्यक्ष मुकुन्द प्रसाद गौतमको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। सभामा बोल्दै नगर प्रमुख लामाले तरकारी तथा फलफुल व्यवसायलाई व्यवस्थित बनाउन हेटौंडा उपमहानगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले उपमहानगर आफैं पनि विभिन्न समस्या सामना गरिरहेको उल्लेख गर्दै कृषि थोक बजारलाई मन्त्रालय अन्तर्गतबाट हटाउने विषयमा व्यवसायीहरूले समेत दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। कार्यक्रममा संघका अध्यक्ष कृष्ण प्रसाद हुमागाईले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष ऋषि सापकोटाले आर्थिक प्रतिवेदन पेश…
Read More
सत्तासीनले लोकतन्त्र कम्जोर बनाए : हेटौंडाका सम्पादकहरु

सत्तासीनले लोकतन्त्र कम्जोर बनाए : हेटौंडाका सम्पादकहरु

हेटौंडा । सात्तासिनहरुले एकतन्त्रीय शासन लाद्न खोज्दा लोकतन्त्र कमजोर बन्दै गएको भन्दै हेटौंडाबाट प्रकाशित पत्रपत्रिकाका सम्पादकहरुले चिन्ता व्यक्त गरेका छन् । गैरसरकारी संस्था महासङ्घ नेपाल बागमती प्रदेश समिति हेटौंडाले १९ औं लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको लोकतन्त्रको सवलीकरणमा मीडियाको भुमिका सम्पादक सम्वाद कार्यक्रममा बोल्दै सम्पादकहरुले चिन्ता व्यक्त गरेका हुन् । पत्रकार महासङ्ग बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाइ, महासङ्घ जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, जिल्ला सहसचिव शिव चौलागाईं, समृद्ध समाज दैनिक पत्रीकाका सम्पादक सुरेश श्रेष्ठ लगायत ले पत्रकारले नागरिक सवालहरुमा आवाज उठाउनु पर्ने हो, पर्याप्त मात्रामा त्यसो नभएको बताए । पत्रकारहरुले लोकतान्त्र ल्याउन अहम् भुमिका खेल्यो, खबरदारी गर्नुपर्नेमा जागीरे भएर आफ्नो कर्तव्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.