मुक्ति समाज हेटौंडाको अध्यक्षमा ईश्वरी रसाईली

हेटौंडा । उत्पीडित जातीय मुक्ति समाज हेटौंडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा ईश्वरी रसाईली सर्वसम्मत रूपमा निर्वाचित भएकी छन्। नेकपा एमालेको पार्टी कार्यालय मकवानपुर सभाहलमा सम्पन्न तेस्रो नगर अधिवेशनले रसाईलीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा गोमा सुनार र सिंग बहादुर विश्वकर्मा चयन भएका छन्। सचिवमा मनिषा विश्वकर्मा, उपसचिवमा शान्ति मिजार र सरस्वती सुनार तथा कोषाध्यक्षमा प्रकाश विश्वकर्मा चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा गिता परियार, पार्वती परियार, प्रविता सुनार, भगवती विश्वकर्मा, रिता सुनार, मुना विश्वकर्मा, चन्द्र बहादुर विश्वकर्मा, लक्ष्मी नेपाली, धन कुमार विश्वकर्मा, विष्णु परियार, दिल बहादुर सुनार, सम्झौता विक, रञ्जु सुनार, पुजा मग्राती, रिता सुनार र गीता सुनार निर्वाचित भएका छन्।

अधिवेशनका प्रमुख अतिथि तथा नेकपा एमालेका नेता कमल कुमार विश्वकर्माले मुक्ति समाजको उद्देश्य स्पष्ट पार्दै जातीय छुवाछूत अन्त्य गर्न र अन्यायमा परेका दलित समुदायलाई न्याय दिलाउनुपर्ने आवश्यकता औंल्याए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.