नेपालमा लोडसेडिङ पूर्ण रूपमा अन्त्य भएको कुलमान घिसिङको घोषणा

मकवानपुर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर लोडसेडिङ पूर्ण रूपमा अन्त्य भएको घोषणा गरेका छन्।

सोमबार मकवानपुरको राक्सिराङ गाउँपालिका–९, खैराङमा आयोजित पूर्ण वडा विद्युतीकरण घोषणा कार्यक्रममा बोल्दै घिसिङले यो उपलब्धि सरकारको पहल र समन्वयकै कारण सम्भव भएको बताए।

उनले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेपछि दुर्गम गाउँहरूमा समेत बिजुली पुर्‍याइएको उल्लेख गर्दै भने, ‘पहिले बजार क्षेत्रमा २४ घण्टा बिजुली आपूर्ति भएको भन्दै लोडसेडिङ अन्त्य भयो भन्नु गलत थियो। तर, अहिले गाउँ-गाउँमा पनि बिजुली पुगेको छ, र देशमा पूर्ण रूपमा लोडसेडिङ समाप्त भएको छ।’

उनले विद्युतीय क्षेत्रको सुधारका लागि आफूले निष्ठापूर्वक कार्य गरेको र सरकारले दिएको सहयोगकै कारण ठूला उपलब्धिहरू सम्भव भएको बताए।

‘नेपालमा खपत भएर बचेको बिजुली भारतमा निर्यात गरिरहेका छौँ,’ उनले भने, ‘अहिले बंगलादेशले समेत नेपालमा उत्पादित बिजुली प्रयोग गरिरहेको छ। यो नेपालका लागि ठूलो उपलब्धि हो।’

प्राधिकरणले दुर्गम क्षेत्रका नागरिकहरूलाई निःशुल्क मिटरबक्स वितरण गरिरहेको जानकारी पनि उनले दिए।

यसैक्रममा, पहिलो पटक विद्युत सेवा पुगेपछि राक्सिराङ गाउँपालिकाको पूर्ण वडा विद्युतीकरण घोषणा गरिएको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार राक्सिराङमा करिब ५ हजार घरधुरी रहेका छन्, जसमा अझै १,५०० भन्दा बढी घरहरूमा बिजुली पुर्‍याउन बाँकी छ।

राक्सिराङमा विद्यूत पुराउँदै गर्दा नेपाल सरकारले भने घिसिङलाई पदबाट हटाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.