२०८१ चैत्र १२, मंगलवार १२:५६ गते
२०८१ चैत्र १२, मंगलवार १२:५६ गते
मकवानपुर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर लोडसेडिङ पूर्ण रूपमा अन्त्य भएको घोषणा गरेका छन्। सोमबार मकवानपुरको राक्सिराङ गाउँपालिका–९, खैराङमा आयोजित पूर्ण वडा विद्युतीकरण घोषणा कार्यक्रममा बोल्दै घिसिङले यो उपलब्धि सरकारको पहल र समन्वयकै कारण सम्भव भएको बताए। उनले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेपछि दुर्गम गाउँहरूमा समेत बिजुली पुर्याइएको उल्लेख गर्दै भने, ‘पहिले बजार क्षेत्रमा २४ घण्टा बिजुली आपूर्ति भएको भन्दै लोडसेडिङ अन्त्य भयो भन्नु गलत थियो। तर, अहिले गाउँ-गाउँमा पनि बिजुली पुगेको छ, र देशमा पूर्ण रूपमा लोडसेडिङ समाप्त भएको छ।’ उनले विद्युतीय क्षेत्रको सुधारका लागि आफूले निष्ठापूर्वक कार्य गरेको र सरकारले दिएको सहयोगकै कारण ठूला उपलब्धिहरू…