मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं.९ को आर्थिक सहयोग र मेघा इन्च्टिट्युट अफ होटल म्यानेजमेन्टको समन्वयमा आजदेखी १ महिने तालिम सुरु भएको छ ।
मेघा इन्च्टिट्युट अफ होटल म्यानेजमेन्ट का प्रतिनिधि मनि कुमार श्रेष्ठ को सभाध्यक्षता तथा ९ नम्बर वडा अध्यक्ष सुकराम केसिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । युवा हरुको बढ्दो वैदेशिक रोजगारी प्रतिको आकर्षण र युवाहरुलाई स्वदेश मा समेत रोजगारिको शृजना गर्ने उदेश्यले तालिम आयोजना गर्न लागिएको वडा अध्यक्ष सुकराम केसिले जानकारी दिनुभयो ।
तालिममा ९ नम्बर वडाका ४० जना प्रशिक्षार्थिहरु सहभागी रहेका छन ।
प्रतिकृया दिनुहोस्
























