मउवा संघको चुनावमा कडा प्रतिस्पर्धा, चुनाव भड्किलो र खर्चालु भएकोमा पूर्व अध्यक्षहरुको आपत्ति

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको पुस २७ गते शनिबार हुने चुनावको तयारी सकिएको छ । हेटौंडाको पल्पसा सदनमा बिहान ९ बजेदेखि साँझ ४ बजे सम्म मतदान हुने र मतदान पश्चात सोही स्थानमा मतगणना गरिने निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता इश्वरराज ढकालले जानकारी दिए। मतदानको बेलामा मतदाताले मोबाइल, क्यामरा, रेकर्डर जस्ता डिभाईसहरु लान नमिल्ने निर्वाचन अधिकृत ढकालले जानकारी दए । उम्मेदवारहरूले बिहीबार नै आ–आफ्नो उम्मेदवारी मनोनयन गरेका छन् भने ७ जना निर्विरोध चयन भएका छन् । एक जना अग्रवाल प्यानलका र ६ जना रानाभाट प्यानलका रहेको जनाइएको छ ।

चुनावी प्रकृतिया भड्‌कीलो र खर्चिलो भएकोमा पूर्व अध्यक्षहरुको आपत्ती

चुनावमा बाटै भरी ठूला–ठूला होर्डिङ बोर्ड र खाना र मनोरञ्जनमा बढी खर्च भएकोमा आफुहरु चिन्तित् भएको मउवासंघका पूर्व अध्यक्षहरु बताउँछन् । ‘‘आफ्नो पालामा खाजा खान पर्यो भनेपनि आफ्नो खल्तिको पैसा खर्च गर्नुपर्यो तर आजको अवस्था भड्कीलो र अव्यावहारीक छ,’’ पूर्व अध्यक्ष हिटलर विशेतले भने । आफ्नो पालादेखि परम्परागत शैलिलाई बदलेर अध्यक्ष पदका लागि उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुबैलाई अधिकार भएको उनले बताए ।

यस्तै मउवा संघका अर्का पूर्व अध्यक्ष उत्तम शर्मा ढकालले पनि चुनाव भड्‌कीलो भएकोमा आपत्ती‍ जनाए । चुनाव हुनु सामान्य प्रकृया हो तर चुनावमा करोडौँ खर्च गर्नुले उद्योग वाणिज्य संघ धनी वर्णको मात्रै हुने र अरु सक्षम जेहेन्दार सदस्यहरू ओझेलमा पर्ने उनको भनाइ छ । यस्तै पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, जिवनकाजी मकाजु पनि चुनावमा चाहिने भन्दा बढी रकम खर्च गर्नु गलत भएको कुरामा सहमती जनाउँछन् । चुनाव, निर्वाचन सामान्य प्रकृया भएकोले जित्नका लागि हद पार गर्न नहुने उनीहरु बताउँछन् । ‘‘होडिङबोर्डमा धेरै खर्चेर, भोजभतेर खुवाएर चुनाव जितिन्न, जित्न गाह्रो हुन्छ । बरु यसबेला चुनावी अभियानमा लाग्नुपर्छ’’ उनीहरुले भने ।

आसन्न चुनुावमा पूर्व अध्यक्ष राजकुमार न्यौपाने, भुवनलाल श्रेष्ठ खुलेरै अनिल अग्रवालको पक्षमा उभिएका छन् अन्य सम्पूर्ण पूर्व अध्यक्षहरु अध्यक्षका अर्का उम्मेदवार प्रमोदसिंह रानाभाटको समर्थनमा जुटेको बताइन्छ । बहालवाला अध्यक्ष कृष्ण गुप्ता, अग्रवाल भन्छन् ‘निर्वाचनले सही व्यक्ति चुन्न सकोस । हुनुपर्ने त्यहि नै हो ।’

जम्मा २२ सय ९८ जना मतदाता भएको मउवा संघको निर्वाचन निक्कै प्रतिस्पर्धात्मक हुने अनुमान‌ गरिएको छ । कडा प्रतिस्पर्धा भएता पनि मुख्य कुरो यहि हो निर्वाचन हुन्छ भइसकेपछि सहि व्यक्ति चुनिन्छ तर खर्च बढि गरेकोले दुःख लागेको मानिसहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.