मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१३ नम्बर वडालाई निकृष्ट बालश्रम र बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ।
कार्यक्रम १३ नम्बर अध्यक्ष पेम्बा लामा को सभाअध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा ,उपप्रमुख राजेश बानियाँ विशिष्ट आथित्यतामा उत्घाटन तथा सम्पन्न गरिएको हो।
कार्यक्रममा हेटौंडा-१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, सचिव दुर्गाप्रसाद न्यौपाने, हेटौंडा-११ का अध्यक्ष जुना दाहाल, हेटौंडा-१ का अध्यक्ष सबिन न्यौपाने, हेटौंडा-९ का वडा अध्यक्ष सुकराम केसी लगायत विभिन्न पार्टीका सदस्यहरू सहभागीता रहेको थियो।
प्रतिकृया दिनुहोस्