Day: २०८१ पुष २५, बिहीबार १९:४३ गते

बकैया कपमा वडा नम्बर ३, ४ र ६ को विजयी सुरुवात

बकैया कपमा वडा नम्बर ३, ४ र ६ को विजयी सुरुवात

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार ३ खेल सम्पन्न भएको छ ।सुरु भएको छ । बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको बिहीबारको खेलमा भएको वडा नम्बर ३,४ र ६ ले विजयी सुरुवात गरेको छ । प्रतियोगितामा वडा नम्बर ३ ले ७ लाई १-० गोलले हराएको हो । वडा नम्बर ३ का लागि छेवाङ लामाले पहिलो हाफको तेस्रो मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच ३ नम्बरका आयुष नेगि घोषित भए । बिहीबार दुई टिम बीचको दोस्रो हाफको खेल भएको हो । बुधबार समय अभाव भएसँगै पहिलो हाफपछि खेल बिहीवारका लागि तोकिएको थियो । यस्तै…
Read More
हेटौंडा १३ बालमैत्री वडा घोषणा

हेटौंडा १३ बालमैत्री वडा घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१३ नम्बर वडालाई निकृष्ट बालश्रम र बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। कार्यक्रम १३ नम्बर अध्यक्ष पेम्बा लामा को सभाअध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा ,उपप्रमुख राजेश बानियाँ विशिष्ट आथित्यतामा उत्घाटन तथा सम्पन्न गरिएको हो। कार्यक्रममा हेटौंडा-१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, सचिव दुर्गाप्रसाद न्यौपाने, हेटौंडा-११ का अध्यक्ष जुना दाहाल, हेटौंडा-१ का अध्यक्ष सबिन न्यौपाने, हेटौंडा-९ का वडा अध्यक्ष सुकराम केसी लगायत विभिन्न पार्टीका सदस्यहरू सहभागीता रहेको थियो।
Read More
बकैया कप फुटबल प्रतियोगिता सुरु

बकैया कप फुटबल प्रतियोगिता सुरु

हेटौंडा । मकवानपुरमा छैठौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । बकैया गाउँपालिका वडा नम्वर–३ स्थित बकैया रंगशालामा बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले प्रदेश सरकारले समग्र खेलकुद क्षेत्रको विकासको लागि पहल भइरहेकोे बताए । उनले आफू खेलकुद क्षेत्रकै मानिस भएको भन्दै खेलाडीको मर्म र भावना बुझेको र सोही अनुसार काम गर्ने प्रयास भइरहेको उल्लेख गरे । आफु मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको र त्यो अत्यन्तै न्यून भएको कारण खेल क्षेत्रको विकासका लागि सोचेअनुरुप काम गर्न कठिनाई भएको उनको भनाई छ । उनले…
Read More
बागमती प्रदेश खेलकुद विकास परिषदका १० सदस्यले लिए सपथ

बागमती प्रदेश खेलकुद विकास परिषदका १० सदस्यले लिए सपथ

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा मनोनित भएका १० जना सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । सदस्यहरु क्रमश रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनिया (चितवन), कल्पना खड्का (रामेछाप) ले सपथ लिएका हुन् । त्यस्तै सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङवा (मकवानपुर), अञ्जना शिवाकोटी (दोलखा) र गोविन्दलाल श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले सपथ लिएका हुन् । सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा लगायतले मनोनित सदस्यहरुलाई सपथ गराएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महर्जनले खेलकुद क्षेत्रमा लामो…
Read More
हेटौँडाका ८ वडामा कानुनी शिक्षा अनुशिक्षण सम्पन्न

हेटौँडाका ८ वडामा कानुनी शिक्षा अनुशिक्षण सम्पन्न

मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा उपमहानगरपालिकाको ८ वडाहरुमा स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोग एवं समन्वयमा विभिन्न वडाहरुमा १ दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम अन्तर्गत बिहिवार हेटौंडा ८ नम्बर वडामा गठित टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ । नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका उपप्रमुख राजेश बानियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका सदस्य एवं नगर समन्वय समितीका सल्लाहकार ज्ञान बहादुर थापा, टोल विकास…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.