गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण भएको जिकिर

मकवानपुर । बागमती प्रदेश सरकारका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले शैक्षिक समस्या समाधान र गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । मकवानपुरको बकैया गाउँपालिकाले सोमबार हात्तीसुँढेमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले राम्रो काम गर्ने शिक्षक, विद्यालय र विद्यार्थीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख सचिव लम्सालले समाजलाई बदल्न चाहने शिक्षकले पहिले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि सीमित साधनका बिच शिक्षकले जवाफदेही भएर काम गर्नुपर्ने बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले विद्यालयहरुले सीमित स्रोत र साधनका बिच गुणस्तरीय शिक्षा दिनु चुनौती बनेको बताउनुभयो । त्यस्तै प्रदेशको शिक्षा विकास निर्देशनालयका महानिर्देशक खुबिराम अधिकारीले शिक्षक र विद्यालयको क्षमता विकासमा सहयोग गर्दै आएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले पालिकामा शैक्षिक सुधारका शिक्षक बैङ्क, शिक्षकलाई तालिमलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराइ, प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बराल, वन मन्त्रालयका महाशाखा प्रमुख शिव सापकोटा, मुख्यमन्त्री कार्यालयका आर्थिक प्रशासन शाखका अधिकृत श्रीराम पुडासैनी, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.