Day: २०८१ पुष १६, मंगलवार १३:५२ गते

अध्यक्ष उम्मेदवार रानाभाटद्वारा पत्रकारसँग व्यवसायिक क्षेत्रका चुनौतिका विषयमा छलफल

अध्यक्ष उम्मेदवार रानाभाटद्वारा पत्रकारसँग व्यवसायिक क्षेत्रका चुनौतिका विषयमा छलफल

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाटले मंगलबार मकवानपुरका पत्रकारहरूसँग विशेष भेटघाट गरेका छन्। उक्त भेटघाटमा उनले व्यवसायीक क्षेत्रका चुनौती र अवसरका विषयमा सञ्चारकर्मीसँग छलफल गर्दै उनीहरूको सुझाव लिएका छन्। रानाभाटले भने, “व्यवसायीहरूको हक र हितका लागि सञ्चार क्षेत्रसँग बलियो सहकार्य आवश्यक छ। पत्रकारहरूले उठाएका मुद्दाहरूले व्यवसायीक वातावरण सुधार्न मार्गदर्शन गर्नेछ।” कार्यक्रममा पत्रकारहरूले व्यवसायीहरूको वर्तमान समस्या, बैंकहरूको चर्को ब्याजदर, कर प्रणालीका जटिलता, र व्यवसायीक विकासका सम्भावनाबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए । सञ्चारकर्मीहरूले व्यवसायीक क्षेत्रमा सुधारका लागि रानाभाटलाई ठोस योजना अघि सार्न सुझाव दिए। उनीहरूले व्यवसायीहरू र सरकारले सहकार्य गरेर समस्याहरू समाधान गर्नुपर्नेमा जोड दिए।…
Read More
गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण भएको जिकिर

गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण भएको जिकिर

मकवानपुर । बागमती प्रदेश सरकारका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले शैक्षिक समस्या समाधान र गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । मकवानपुरको बकैया गाउँपालिकाले सोमबार हात्तीसुँढेमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले राम्रो काम गर्ने शिक्षक, विद्यालय र विद्यार्थीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख सचिव लम्सालले समाजलाई बदल्न चाहने शिक्षकले पहिले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि सीमित साधनका बिच शिक्षकले जवाफदेही भएर काम गर्नुपर्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले विद्यालयहरुले सीमित स्रोत र साधनका बिच गुणस्तरीय शिक्षा दिनु चुनौती बनेको बताउनुभयो । त्यस्तै प्रदेशको शिक्षा विकास निर्देशनालयका महानिर्देशक खुबिराम अधिकारीले शिक्षक र विद्यालयको…
Read More
खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने बनाउने मन्त्री  महर्जनको योजना

खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने बनाउने मन्त्री महर्जनको योजना

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आफ्नो कार्यकालमा खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने वातावरण बनाइने बताएका छन् । बकैया गाउँपालिका ११ सिमातमा आयोजित खुल्ला कराते प्रतियोगिता २०८१ लाई सम्बोधन गर्दै मन्त्री महर्जनले अन्तर्राष्ट्रिय जगतमा पहिचान स्थापित गराएका खेलाडीहरुको राज्यले उचित सम्बोधन गर्न नसकेको भन्दै आफ्नो कार्यकालमा खेलाडीलाई खेलेरै जीविकोपार्जन गर्न सक्ने वातावरण तयार पारिने र त्यसका लागि सबै तहका सरकारको सहयोग हुनुपर्नेमा जोड दिए । उनले आफु मन्त्री भएपछि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई कार्यविधि नै बनाएर नगद पुरस्कारसहित सम्मान गर्ने कार्यको सुरुवात गरिसकेको बताए । ‘म १२ वर्षदेखि खेलकुद क्षेत्रमा लागेको मान्छे, खेलाडीको मर्म, भावना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.