मनहरीमा बाघको डर, हेटौँडामा चितुवा आतंक

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुरमा बाघले एक वृद्धा सहित घरपालुवा जनावरको ज्यान लिएको छ । आइतबार साँझ बाघको आक्रमणमा परी स्थानिय ७२ बर्षीया कान्छीमाया रुम्बाको मृत्यु भएको थियो । संचारर्मी दिलबहादुर रुम्बाका अनुसार अहिले फेरि त्यस क्षेत्रमा बाघले बाख्रा समेत मारेको छ ।

त्यस क्षेत्रमा बाघले पूनः ७ वटा बाख्रा मारेको हो । मनहरी गाउँपालिका वडा नम्बर–५ बसन्तपुरका सुर्यबहादुर मोक्तानको खोरमा रहेका सातवटा बाख्रा मार्नुका साथै एउटा बाख्रालाई जङ्गलतिर लगेर खाएको स्थानीयहरुले बताएका छ्न ।

आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिन अहिले त्यस क्षेत्रमा दुई वटा हात्ती सहित सुरक्षाकर्मीको परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । अहिले त्यस क्षेत्रका बासिन्दा हरुलाई सतर्क रहन आग्रह गरिएको छ।

त्यस्तै मनहरी मात्रै नभई हेटौँडा आसपासका क्षेत्रमा पनि चितुवाको डर बढेको छ । केही दिन अघि हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ अन्तर्गत पर्ने वनस्पति जंगलमा चितुवा देखिएपछि त्यस क्षेत्रका बासिन्दाहरु त्रसित बनेका छन् । नजिकै बस्ती रहेकोले कुनैपनि बेला चितुवाको आक्रमणमा परिने डरले स्थानीयहरु चिन्तित बनेका हुन् ।

मकवानपुरको मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिका सँगै हेटौँडा उपमहानगरपालिकाका केही क्षेत्रहरुमा जंगली जनावरको त्रास बढ्दै गएको देखिन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.