बागमती गाउँपालिकालाई हेटौँडा उपमहानगरपालिकाद्वारा सवारी हस्तान्तरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बागमती गाउँपालिकालाई विभिन्न सवारी साधनहरु हस्तान्तरण गरेको छ । आज हेटौँडा उपमहानगरपालिकाको कार्यालय परिसरमा सवारी हस्तान्तरण गरिएको हो ।

उपमहानगरले गाउँपालिकालाई दम्कल, सुमो, पिकअप सहितका सवारी साधन हस्तान्तरण गरेको हो ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम र उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष सबिन न्यौपानेले बागमती गाउँपालिकाका प्रतिनिधिलाई सवारी साधन हस्तान्तरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.